रोशीमा तामाङ साहित्य यात्रा

SHARE:

काठमाडौं । कोभ्रेको रोशी गाउँपालिकामा तामाङ साहित्यकारहरुले दुइदिने साहित्य यात्रा गरेका छन् । तामाङ साहित्यिक संस्था तामाङ डाजाङको आयोजना तथा रोशी गाउँपालिकाको सहयोगमा जेठ २७ र २८ गते दुइ दिने तामाङ साहित्य यात्रा–२०७६ (तामाङ ग्योइकाइ ल्हाम) सम्पन्न भएको हो । पुर्वराजदुत डा गणेश योन्जन, समाजशास्त्री डा. मुक्तसिं लामा, रोशी गाउँपालिकाका अध्यक्ष डी. बी. लामा, तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तान सहभागिता रहेको यात्रामा पत्रकार, साहित्यकार, कलाकार गरी तीन दर्जन भन्दा बढी तामाङ कवि तथा लेखक र पत्रकार सहभागी भए ।

स्रस्टाहरु फुलकुमार बम्जन, बुद्ध योन्जन, अर्जुन ग्लान, साम्देन दोङ, इश्वर थोकर, कविराज काल्तान, रचना मोक्तान, निकिता वाइबा, ढुप्साङ लामा, शितल मोक्तान, रन्जना मोक्तान, चन्द्री मोक्तान, राजु मोक्तान, इकमान लामा, तेज योन्जन, अनिषा थिङ, कृष्ण थिङ, राजु ब्लोन, राजकुमार ग्याबा, सोनाम मोक्तान, क्रिष्मा वाइबा, स्मृति दोङ, देव योन्जन, सिर्जना दोङ र गायिका निर्मला घिसिङ यात्रामा रहेका थिए । त्यसैगरी तामाङ मौलिक फापारे गीत गायक तथा गायिका च्याङबा योन्जन, सत्तलसिं योन्जन, धनकुमारी घिसिङ, संगिता थिङ, पासाङ मोक्तान, साङमाला ग्याबा यात्रामा पुगेका थिए भने पत्रकार श्यामलाल लामा, मनु मोक्तान, मानकाजी पाख्रिन रहेका थिए ।

काठमाडौबाट जेठ २७ गते हिडेको टोली काभ्रेको धुलिखेल, भकुन्डे बेसी हुँदै रोशी गाउँपालिकामा प्रवेस गरेको थियो । कटुन्जेमा गाउँपालिकाको तर्फबाट खादासहितको न्यानो स्वागत ग्रहण गरेसंगै साहित्यिक यात्रीहरु विभिन्न टोलिमा विभाजित बनाई रोशीको गाउँपालिकाको गाङनाम्सा, चारसय, पिन्थली, थाक्ले, लास्कोट÷कामिडाँडा, तेमाल गाउँपालिकाको काल्दर, बोज्र्याङलगायतका तामाङ वस्तीहरुमा पुगेर स्थानियसग साक्षात्कार गरेका थिए ।

झिसमिसे साँझमा स्रस्टाहरु गाउँका टोलटोलमा छिर्दा मौलिक खानपानबाट स्वागत सत्कार भयो । भने पाका म्हेमेमामका जिवन भोगाइ, तामाङ संस्कारका नायक ताम्बा, लामा, डम्फुरेसंग तामाङ सस्कार सस्कृतिका विषयमा भलाकुसरी भयो ।
जेठ २८ को बिहान । भाले बासेको प्रहरमै ब्युझिए साहित्यिक यात्रीहरु । चराको चिरबिरसंगै रोशी खोलाको चिसो हावाले काठमाडौंमा निस्सासिएर गाउँ पुगेका स्रस्टाहरु पिँजडाको चरा छाडा छोडे जस्तै फुरुङ्ग थिए । ऐतिहासिक तामाङ बस्ती, गुम्बा, माने, ओम र आधुनिक कृषि खेतिको अवलोकन गर्नका लागि ब्यस्त बनेका थिए स्रस्टाहरु । तेमाल र म्हाबारको बिचमा नागबेली भइ बग्ने रोशी खोलामा घाम छिपिँदै गर्दा विभिन्न गाउँबाट स्रष्टाहरु कटुन्जे बेँसीमा भेला भए । आफुले देखेको, पाएको विषयवस्तु कविता, गजल र गीतमा उनेर । शुरु भयो, ग्योइकाइ ल्हाम अर्थात साहित्य यात्राको दोस्रो दिनको औपचारिक कार्यक्रम रोशी माबिको हलमा । पुर्व राजदुत डा. गणेश योन्जनको प्रमुख आतिथ्य, डा. मुक्तसिं लामा र गाउँपालिकाका अध्यक्ष डी.बी. मोक्तानको विषेश आथित्यमा । अतिथीहरुले एकैसाथ डम्फु बजाएर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रम अगाडी बढ्दै जाँदा साहित्यमय बन्यो रोशी स्कुल । रन्जना मोक्तान, धनकुमारी घिसिङ, संगिता थिङको मौलिक तामाङ गीत र च्याङबा योन्जनको ताम्बा गीतले सबैको ध्यान तान्यो ।

कार्यक्रममा फुलकुमार बम्जन, डिबी लामा, अर्जुन ग्लान, साम्देन दोङ, इश्वर थोकर, रचना मोक्तान, निकिता वाइबा, श्यामलाल लामा, ढुप्साङ लामा, शितल मोक्तान, चन्द्री मोक्तान, राजु मोक्तान, इकमान लामा, तेज योन्जन, कृष्ण थिङ, राजकुमार ग्याबा, सोनाम मोक्तान, स्मृति दोङलगायतले रचना वाचन गर्नु भएको थियो भने गायिका निर्मला घिसिङले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा. गणेश योन्जनले तामाङ डाजाङले गरेको साहित्यिक यात्राले तामाङ जातिको भाषा तथा साहित्यको विकाससंगै मौलिक इतिहासको संरक्षणमा चेतना जागृत गरिने हुँदा अझै तामाङको अन्य गाउँ बस्तीहरुमा स्थनीय निकायसंग सहकार्य गर्दै यात्रा गर्नुपर्ने बताए ।

तामाङ डाजाङका अध्यक्ष सन्चु ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डी.बी. मोक्तान, कलाकार चन्द्र कुमार मोक्तान, डा.मुक्तसिं लामाले शुभकामना ब्यक्त गरेका थिए । गाउँपालिकाको वडा १ का अध्यक्ष श्रीदास लामा, वडा ६ का अध्यक्ष पदम लामा, वडा ८ का अध्यक्ष मिकासजीत लामा, विद्यालयका शिक्षक र विद्यार्थीको उल्लेख्य उपस्थिती थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!