काठमाडौं । क्यान्सर रोगबाट पीडित पत्रकार कालिबहादुर (कबिन्द्र) सेर्माको निधन भएको छ ।
पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२) मा जन्मिएका सेर्माको शुक्रबार राति काठमाडौंमा निधन भएको हो । सेर्माले २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गरेका थिए । उनले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गरेका थिए । त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध भएर काम गरेका उनले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्याएका थिए ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्षसमेत रहेका सेर्मा झण्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा थिए ।






