जिउँदो मान्छो खाडलभित्र पुरिँदाको अनुभव

SHARE:

नगेन्द्रराज नेम्वाङ ‘वागिस’
नेपालको पूर्व सुन्दर सहर धरानमा अँध्यारो खाडलभित्र ९ दिन ९ रात उकुसमुकुस भूतपस्याको अनुभव क्रमशः
शरीरलाई खाना खानुबाट बञ्चित गर्दै लैजाँदा सुरु सुरुमा भोकले बेस्सरी च्याप्छ । शरीर कमजोर महसुस हुन्छ, अनायसै टाउको पनि दुखिरहेको थियो । जिन्दगी बदल्न त्यति सजिलो कहाँ हुँदोरहेछ र !

भू–तपस्याको अर्थ भू भनेको भूमिभित्र तपस्या भनेको तपो अर्थात् तपाउनु जस्तो काँचो डल्लो सुनलाई आगोमा पोलेर, बिलाएर, चेप्ट्याएर आफूले चाहेजस्तो गहना बनाउन सकिन्छ, त्यसरी नै तपस्यामा शरीरले खान नपाएपछि मन मष्तिष्कलाई पीडा दिएपछि चिन्ता, डर त्रास भएको डल्लो मन सुनजस्तै पग्लिएर प्रेम, भावना, कल्पना, करुणामा बद्लिँदो रहेछ । यो नौलो अनुभव थियो । सुन्ने काम कानको, देख्नुपर्ने आँखाले ९ दिन ९ रात अँध्यारो खाडलभित्र सुन्नु हेर्नु नपरेपछि कान र आँखा चनाखो उर्जावान् महसुस भयो । शरीरले खानेकुरा नपाएपछि पाचन प्रणाली पनि बलियो क्रियाशील भएर स्वास्थ्यलाभ पनि भएको थियो ।

भू–तपस्याबाट बाहिरयो, स्वागत सम्मान कार्यक्रम सम्पन्न भयो । धरानवासी दाजुभाइ तथा दिदीबहिनीहरुको सहयोग र सम्मानलाई सम्बोधन गर्दै भू–तपस्याको अनुभव आनन्दपूर्वक बाँड्न पाउँदा सहज भएको थियो ।

सम्मान गर्ने क्रममा १९ वर्ष अगाडि फिदिम माविमा अध्ययन गर्दाको सहपाठी कमलाजीले खादा ओढाउँदै मनोक्रान्तिलाई निरन्तर दिएर जिन्दगी बदल्नु भएछ भन्दै बधाई दिनुभएको त्यो पललाई स्मरण गर्दा मन र शरीरलाई उर्जा मिल्ने गर्छ । योग व्यायामले शरीरलाई लचिलो र स्वास्थ्यलाभ ध्यानले मनमा आनन्द भू–तपस्याले शरीर र मन दुवैलाई सन्तुलित बनाई जीवन बद्लिएको आभाष प्राप्त भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!