अन्तर्राष्ट्रिय योगा दिवस सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । अल्डरसट फार्नबोरो क्षेत्रका वासिन्दहरुले अन्तर्राष्ट्रिय योगा दिवस मनाएका छन् । शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर यूकेको संयोजकत्वमा गत आइतबार २३ जुनका दिन कम्युनिटी सेन्टरको अल्डरसटस्थित भवनमा योग तथा ध्यान गर्दै दिवस मनाइएको हो ।

बिहान ९ देखि ११ बजेसम्म सञ्चालन भएको कार्यक्रममा योग प्रशिक्षक श्री गुरुङले योगाभ्यास गराएका थिए । त्यस्तै, योग प्रशिक्षक ज्ञानराज राईले प्रणायाम अभ्यासबाट हुने फाइदा जानकारी गराएका थिए भने योग प्रशिक्षक नगेन्द्र नेम्वाङ्गले स्वस्थकर भोजनको बारेमा जानकारी दिए । सो अवसरमा कम्युनिटी अध्यक्ष रोहित गुरुङ र भीम बानियाँले प्रशिक्षकहरुले दिएको अभ्यासलाई अंग्रेजीमा उल्था गरेका थिए । करिब ६० जनाको उपस्थिति रहेको कार्यक्रमका सहभागीहरुले योगाभ्यास एकदमै लाभदायिक भएको प्रतिक्रिया दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!