जिउँदो मान्छे खाडलभित्र पुरिदाको अनुभव

SHARE:

नगेन्द्रराज नेम्वाङ
शरीरको मैलो पानीमा नुहाएर फालिन्छ भने मनको मैलो कसरी फाल्ने ? पत्रकार दीपेन्द्र श्रेष्ठले अल्डरसटमा आयोजित इम्पावरमेन्ट कार्यक्रममा बोल्नु भएको थियो, ‘कोठाको धाराको टुटी खोल्दा फोहोर पानी निस्कन्छ, जब पानी ट्यांकीमा जम्मा भएको पानी धमिलो छ भने भान्छाकोठाको धाराको टुटी खोल्ने वित्तिकै सफा पानी निस्कन्छ, यदि टंकीमा जम्मा गरेको पानी सफा छ भने । भनाईको तात्पर्य हाम्रो मन मस्तिष्कमा सोचविचारहरु नकारात्मक छ भने हाम्रो बोली दैनिक कृयाकलाप नकारात्मक नै हुन जान्छ । परिणामस्वरुप शरीरलाई रोग लाग्नुका साथै मानसिक समस्या थुप्रिने गर्दछ ।

दैनिक दिन चर्यामा नकारात्मक, सकारात्मक घटनाहरु घटि रहन्छ, नकारात्मक घटनाहरु आँखाले देख्ने वित्तिकै या कानले सुन्ने वित्तिकै मन मस्तिष्कमा ओगटी हाल्छ । पानी टंकीमा फोहोरी पानी जम्मा भएजस्तै, मन मस्तिष्कमा नकारात्मक सोच विचार बसेपछि आनन्दले स्थान पाउदैन र मानसिक पीडा शुरु हुन्छ । त्यसैले कठोर साधना भुतपस्या गर्दा मन मस्तिष्कमा नकारात्मक घटनाहरु प्रवेश गर्न दिदैन ।

योग व्यायामले शरीरलाई मात्र स्वास्थ्य प्रदान गर्ने, ध्यान साधनाले मात्र मनलाई सफल गरि दिन्छ । धरानस्थित ९ दिन ९ रात भुतपस्याको अवधिभर अध्याँरो खाडलभित्र, आँखालाई नकारात्मक या सकारात्मक दृश्य हेर्नबाट र कानलाई पनि नकारात्मक खबर सुन्नबाट बञ्चित गराइयो । धेरथोर जीवनमा परिवर्तन आएको महसुस गरियो ।

भुतपस्याको समापनमा ध्यान साधनाले मन मस्तिष्कलाई परिपक्क बनाउनमा मद्दत गर्दछ । परिपक्क भएको मन मस्तिष्क घटना जस्तोसुकै नकारात्मक घटे पनि मन स्थिर रहनु हो । चिन्ता तनावमा फसिनुबाट जोगिन सकिन्छ साधनालाई निरन्तर दिइयो भने योग ध्यान साधनाको निरन्तरताले शरीर शुद्धि, मन शुद्धि गरि जीवन रुपान्तरण भई स्वास्थ्य र आनन्द जीवन बिताउन सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!