जिउँदो मान्छे खाडलभित्र पुरिदाको अनुभव

SHARE:

 

नगेन्द्रराज नेम्वाङ ‘वागिस’

गतांकबाट क्रमशः
सन् २०१० तिर नेपालको पूर्वी धरानमा गरिएको भूतपस्यालाई कतिपय मानिसहरुले ठट्यौलीको रुपमा भूत पस्या भनेर पढिदिए र खैलाबैला मच्चाए । खाडलभित्र भूत छ अरे भनि कति मान्छे आश्चर्यचकित भई भूतपस्या स्थलतिर आउने जाने गर्थे । तर, खाडलभित्र भूत नभएर बेलायतबाट आएका ब्रिटिस सेना कार्यरत (लाहुरे) ९ दिनका लागि भूतपस्या गर्दैछन् भन्ने थाहा पाउँदा प्रायः मान्छे अच्चमित हुन्थे । आपूm बद्लेर संसार बदल्ने मनोक्रान्ति अभियानअन्र्तगत पर्ने स्वास्थ्य र आनन्दजीवन प्राप्तिका लागि गरिने योग, ध्यान र साधनामध्ये भूतपस्या एक कठोर साधना हो । साधनाले शरीरको सौन्दर्य जोगाउँछ मनलाई एकाग्र बनाई चिन्ता, डर, त्रास हुनबाट जोगाउँछ । साधनाको अर्थ शरीर र मनलाई सघाउनु हो । साधना पीडादायक हुन्छ । योगासनले शरीरलाई आनन्द प्राप्त दिलाउँछ भने प्रमाण ध्यानले मनलाई चञ्चल चित्तबाट नियन्त्रणामा ल्याई एकाग्र बनाइदिन्छ । मन एकाग्र भयो भने मात्र आनन्दको महसुस गर्न सकिन्छ । शरीरलाई रोग लाग्नबाट बचाउन दैनिक योग, व्यायाम, आराम गर्नुको साथ स्वस्थ्यकर भोजन सेवन गर्नुपर्ने हुन्छ ।

मनसिक चिन्ता तनावबाट बच्नका लागि योग, ध्यान र प्रणायाम नै हुन् । मस्तिष्कको खुराक अक्सिजन हो । प्रणायाम गर्दा मस्तिष्कले अक्सिजन प्राप्त गर्छ । ध्यान गर्दा मन एकाग्र बनाई दिन्छ । प्रारम्भिक ध्यानमा आँखा बन्द गरिन्छ । शरीरलाई स्वतन्त्र छोडिन्छ । मन, ध्यान शरीरको भित्री अंगहरुमा केन्द्रित गरिन्छ । शरीर र मनलाई नियन्त्रण गर्न सकियो भने तालको धमिलो पानी साङ्लो भएजस्तै मन पनि सफा साङ्लो भएको अनुभव प्राप्त गर्न सकिन्छ । भूतपस्याले थोर बहुत जिन्दगी त बद्लियो नै । तर, यसलाई सार्थक राख्नका लागि योग, ध्यान र साधनालाई निरन्तर दिन अतिआवश्यक छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!