प्रदर्शन भयो, वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’

SHARE:

काठमाडौं । आदिवासी किराती वाम्बुले राईको पहिचानमा आधारित वाम्बुले भाषाको पहिलो चलचित्र ‘ढ्वाङ्कुम’ को प्रिमियर सो भएको छ । बुधबार (२०७५ वैशाख १९ गते) राष्ट्रगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोल नयाँ बस्तीस्थित सामुदायिक भवनमा प्रदर्शन गरिएको हो । वाम्बुले भाषा राष्ट्रगानका रचयिता व्याकुल माइलाको मातृभाषा पनि हो ।

यो चलचित्र वाम्बुले राईहरुको महान् चाड ‘ढ्वाङकुम’ र मुन्धुमको सेरोफेरोलाई लिएर निर्माण गरिएको हो । ‘ढ्वाङ्कुम वाम्बुले राईहरुको महान् चाड हो,’ चलचित्रका निर्देशक शन्तकुमार राईले भने, ‘ढ्वाङ्कुम वाम्बुले राई यूवाहरुले वाम्बुले पहिचान भाषा र संस्कृतिको प्रवद्र्धन र जगेर्नाको लागि बनाएको चलचित्र हो ।’ मूलथलो गाउँघर छाडेर उच्च अध्ययनका क्रममा सहर पसेका युवाले आफ्नो मातृभाषा, संस्कृति र रीतिरिवाजप्रति देखाएको चासोलाई लिएर चलचित्रको कथावस्तु उनिएको छ । ती युवा आफ्नोपनको जगेर्ना गर्न जुटेका युवालाई सबैको साथ सहयोग लिन सफल हुन्छन् ।

चलचित्रको मुख्य नायक रोशनको भूमिकामा निर्देशक शन्तकुमार स्वयं छन् भने नायिका रिम्साको भूमिकामा चाँदनी राईले निभाएी छिन् । त्यस्तै, द्वन्द्व नायक सुरिमको भूमिका रेन्जाप्रसाद राईको रहेको छ । चलचित्रका निर्माता बिआएएस रहेका छन् भने सहनिर्मातामा लीलाराज राई छन् ।

‘यो ढ्वाङ्कुम चलचित्रलाई अन्य मुलधारको चलचित्रसंग दाजेर हेर्न हुन्न,’ कथालेखक तथा निर्माता सदस्य विकास राई भन्छन्, ‘यसलाई विशुद्ध वाम्बुले संस्कारभित्र रहेर हेरिदिनु भएमा धेरै कुरा पाउन सकिने छ ।’ वाम्बुले राईहरुको उद्गम थलो ओखलढुंगाको उँबु गाउँ सेरोफेरो तथा जनजीवनलाई लिएर निर्माण गरिएको चलचित्र लगभग एक घण्टाको रहेको छ ।

चलचित्र हेरिसकेपछि राष्ट्रगानका रचयिता व्याकुल माइलाले वाम्बुले मातृभाषाको आयु बढाएको टिप्पणी गरे । ‘तीन दशकदेखि लेख्य रुपमा अघि बढेको वाम्बुले भाषामा चलचित्र निर्माण हुनु ज्यादै सराहनीय पक्ष हो,’ माइलाले भने, ‘यो काममा युवा पुस्ताले गर्नु भएकोले हाम्रो भाषा, मुन्धुम, संस्कृति, परम्परा अझ सशक्त ढंगले अघि बढ्ने विश्वास लिएको छु ।’

वाम्बुले भाषाका कोशकार अविनाथ राईले ‘ढ्वाङकुम’ चलचित्र आफ्नो जीवनकहानी जस्तै लागेको बताए । त्यसैगरी वाम्बुले राई समाजका महासचिव जीवन हाताचोले मातृभाषाको संरक्षण अभियानमा नयाँ आयाम थपिएको र युवा भाषाशास्त्री डा. तारामणि राईले वाम्बुले भाषा जिवित रहेको प्रमाण विश्व समुदायमाझ चलचित्रमार्फत् उजागर भएको उल्लेख गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!