अल्डरसट भलिबल क्लबको १०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, अध्यक्षमा पुनः बिमल गुरुङ चयन

SHARE:

बेलायत । अल्डरसट भलिबल क्लबको १०औँ वार्षिकोत्सव समारोह शनिबार, २८ नोभेम्बर २०२६ का दिन बेलायतमा भव्य रूपमा सम्पन्न भएको छ। अध्यक्षमा पुनः बिमल गुरुङ चयन भएका छन् ।

रश्मोर बरो काउन्सिलका उपमेयर काउन्सिलर जीव बेलबासेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा विशेष अतिथि तथा क्लबका संरक्षक हितकाजी गुरुङ, संरक्षक शेरबहादुर सुनार, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, अन्तर्राष्ट्रिय भलिबल रेफ्री तथा खेलाडी मञ्जु गुरुङ र बोम गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी, समाजसेवी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहकै अवसरमा क्लबको आगामी दुई वर्षे कार्यकालका लागि वर्तमान अध्यक्षलाई नै पुनः बिमल गुरुङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। पुनः निर्वाचित भएपछि अध्यक्ष गुरुङले क्लबका सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरूले देखाएको विश्वास र भरोसालाई आत्मसात् गर्दै स्थानीय भलिबल खेलको विकास, प्रवर्द्धन र निरन्तरताका लागि इमानदारी र प्रतिबद्धताका साथ काम गर्ने बताए।

यसैगरी, अध्यक्ष गुरुङले एक सन्देश जारी गर्दै क्लबको १०औँ वार्षिकोत्सवलाई सफल र स्मरणीय बनाउन उपस्थित भई साथ, सहयोग र हौसला प्रदान गर्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, संरक्षकहरू, विभिन्न भलिबल क्लब, स्थानीय व्यवसायी तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!