विचार, बुद्धि, रिस, इमोशन

SHARE:

नगेन्द्रराज नेम्वाङ
सजीव प्राणीहरुमध्ये मानिसलाई मात्र मानसिक पीडा हुन्छ । अरु पशुपंक्षी प्राणीहरुलाई कहिल्यै पनि चिन्ता तनाव हुदैन भन्छन्, मनोवैज्ञानिकहरु ।

मनको अवस्था ४ किसिमका हुन्छन्, ती हुन् । विचार, बुद्धि, रीस र इमोशन, मानव जीवन मानसिक पीडामा फसिनु भनेको मनको अवस्था विचारमा नै सिमित रहनु हो । विचारमा दुख हुन्छ ।
विचार चलिरहेको बेला मन चञ्चल चित्तमा रहेको हुन्छ । चञ्चल चित्तमा सन्तुष्टि हुदैन । चाहनाहरु असिमित हुन्छन् । एउटा चाहना प्राप्त भएपनि अर्को चाहना तुरुन्तै उत्पन्न हुन्छ । चाहना प्राप्तपछि मानसिक पीडा यथावत नै रहन्छ । मनको अवस्था विचारदेखि वुद्धिमा प्रवेश भयोभने केही समयसम्म आनन्द मिल्दछ । जीवनमा प्रगति पनि गर्न सकिन्छ । मनको अवस्था बिहान व्युझिने वित्तिकै ३० सेकेण्ड देखि १ मिनेट सम्म बुद्धिमा रहन्छ । यसलाई सब कन्सियोस माइन्ड पनि भनिन्छ ।

यो समयमा जीवनका लागि नौलो कुरोहरु मनमा सिर्जना हुन्छन् । ती नौलो सिर्जनालाई सम्झिनु सकियो र व्यवहारमा उतार्न सकियो भने जीवनमा परिवर्तन ल्याउन सकिन्छ । प्रगति पनि हुन्छ । मनको अवस्था विचार र बुद्धिको तुलनामा रीस शक्तिशाली हुन्छ । रिस उठिरहेको बेलामा विचार वुद्धि दुईवटै नास हुन्छ । रीस मान्छेको शक्ति हो ।

समाजमा प्राय गरेर कलिला उमेरका मानिसहरु चाडै रीस आवेशमा आउने देखिन्छन् । मनको शक्ति पोखियो भने रिसमा परिणत हुन्छन् । रीस भनेको गाडीको रप्mतार तिब्र गति जस्तै हो । रीस उठ्छ । रीसले जीवनमा फाईदा पनि गर्छ । नियन्त्रण गर्न सकिएन भने बेफाईदा पनि । इमोशन भनेको उच्च अवस्था हो । मनको अवस्था इमोशनमा प्रवेश हुने वित्तिकै आनन्द बाहेक केही रहदैन । इमोशनमा विचार, वुद्धि, रीस रहदैन ।

बुद्धि, रिस, इमोशन घरमा कहिलेकाँही आउने पाहुना जस्ते हुन् । २४औं घण्टा चलिरहने मनको अवस्था भनेको विचार नै हो । विचारलाई वुद्धिलाई रिसले काट्छ । मनको सबै अवस्था पत्ता लगाई आनन्दमय जीवन बिताउनका लागि त निरन्तर योग, ध्यान र साधनाको जरुरत पर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!