रोग रहस्य

SHARE:

नगेन्द्रराज नेम्वाङ
रोग के हो ? रोग कसरी लाग्छ ? रोग सजाय हो भन्नुहुन्छ मनोविज्ञहरु । जानी नजानी विगतमा गरेका गल्तीका कारण शरीरले खेप्नु पर्ने शारीरिक पीडालाई नै रोग भनिन्छ । संभावित गल्तीहरु शरीरले प्रशस्त आराम नपाउनु, व्यायाम पटक्कै नगर्नु, स्वस्थकर भोजनको ज्ञान नहुनु, पानी प्रशस्त नपिउनाले पनि शरीरलाई रोग लाग्ने गर्दछ ।

रोगबाट बच्न के गर्ने अर्थात् शरीरलाई रोग लाग्न नदिन के गर्ने भन्ने विषयमा यी माथि लेखिएका संभावित गल्तीहरुलाई चिन्तन मनन गरेमा सानातिना रोग लाग्नबाट बच्न सकिन्छ । शरीरलाई प्रशस्त आराम भन्नाले २४ घण्टामा ६ देखि ८ घण्टासम्म अनिवार्य रुपमा निद्रा पुग्ने गरी सुत्नु पर्दछ । अनिद्राको समस्या भएमा योग, ध्यान, प्रणायाम गरी प्राकृतिक जीवनशैली अपनाई अनिद्राको समस्याबाट बच्न सकिन्छ ।

अनिद्राको समस्याले शारीरिक रोगभन्दा बढी मानसिक समस्या निम्त्याउने गर्दछ । रोगबाट बच्नका लागि शरीरलाई नभई नहुने व्यायाम पनि एक हो । व्यायामले शरीरलाई तन्दुरुस्त बनाउँछ । व्यायामले शरीरको विकारहरु पसिनाको रुपमा निष्काशन गराई स्वास्थ्य लाभ गराउँछ । व्यायामले पाचन प्रणालीलाई क्रियाशील बनाई खाएको खाना सजिलै पचाउने गर्दछ । आराम र व्यायामको साथै स्वस्थकर भोजनमा पनि ध्यान दिनुपर्ने हुन्छ । स्वस्थकर भोजन जस्तै ब्राउन राईस (खैरो चामल) गहुँको परिकार, हरियो सागसब्जी, चिनी नमिसाईएको ताजा फलपूmलको रस मांसाहारीको लागि माछा अति उत्तम किनकि माछामा फ्याट हुँदैन ओमेगा ३ हुन्छ । आमेगा ३ स्वास्थ्यका लागि अति नै लाभदायक मानिन्छ । प्रशस्त पानी पिउनाले शरीरको भित्री भाग पखाली स्वास्थ्यलाभ लिन सकिन्छ । शरीरलाई २४ औं घण्टा शक्तिको आवश्यकता पर्दछ । जुन शक्ति पानीबाट प्राप्त गर्न सकिन्छ ।

रोगी वा निरोगी सबैले स्वास्थ्यलाभ गर्नका लागि दैनिक अपनाउनु पर्ने ६–८ घण्टा निन्द्रा पुग्ने गरी आराम, ३० घण्टादेखि ९० मिनेटसम्म शरीरको क्षमतानुसार व्यायाम, स्वस्थकर भोजन सेवन गरी रोग लाग्नबाट बच्न सकिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!