राहत र उद्दारमा जुटौं

SHARE:

वर्षासँगै आएको बाढी पहिरो जस्ता प्राकृतिक विपत्तिले यतिखेर नेपालीको मन थिलथिलो बनाएको छ । देशभर नै बाढी पहिरोको चपेटामा नेपाली छन् । तराईका भूभाग बढी प्रभावित बनेका छन् । अझ यसपटक काठमाडौंमा नै बढी बाढी पहिरोको जोखिम बढ्यो ।

धेरैको घरबास डुबेको छ । धेरैको आफ्ना आफन्त छुटेको छ । धेरैको धन सम्पत्ति स्वाहा भएको छ । हुन त यो किसिमको प्राकृतिक प्रकोप वर्षेनी दोहोरिने गर्दछ । अझ तराईका भूभागमा वर्षेनी वर्षाको जोखिम हुने गरेकै छ । यो नियमित प्रक्रिया जस्तै बनेको छ ।

वर्षासँगै तराईका भूभाग बढी डुबानमा परेका छन् । यो वर्षा मौसममा तराईइका भूभाग बढी प्रताडित हुने गरेको छ । यस्तो स्थितिमा वर्षासँगै सावधानी अपनाउनु पर्ने देखिएको छ । तराईका कतिपय स्थानमा पर्ने राजमार्गहरुको पुल बग्दा पूर्वपश्चिम सम्वन्ध विच्छेद बनेको छ । यसले जनतामा थप समस्या पनि निम्त्याएको छ ।

देशका पहाडी भूभाग पनि बाढी पहिरोको जोखिमबाट अछुतो रहन सकेन । पहाडी क्षेत्रमा जनधनको क्षति विगतको तुलनामा बढेकै छ । सामान्यतः विकासले निम्न्त्याएको विनास पनि हो भनेर भन्नसक्ने स्थिति छ । ठाउँठाउँमा बाटो खन्ने गर्दा पनि त्यसले निम्त्याएको विनास डरलाग्दो छ । ती विनासकारी विकास गर्दा कतिपय असावधानीले वर्षाको मौसममा समस्या निम्तिएको हो । यो वर्ष विगतको तुलनामा पहाडी भूभागमा बढी क्षति व्यहोर्नु परिरहेको छ ।

प्राकृतिक विपत्ति त आइहाल्यो, यसलाई कसैले रोक्नसक्ने कुरा पनि भएन । यी विपत्तिको सामना गर्नुको विकल्प पनि रहेन । तर, सावधानी अपनाउन भने जरुरी छ । त्यस किसिमको सावधानी अपनाएर सुरक्षित रहन भने सक्नुपर्छ । यसका लागि यथेष्ट प्रचार प्रसार हुन जरुरी छ । त्यसका लागि सरकारले पनि पहल गर्नुपर्छ ।

यो बेला सबै सकुशल रहेकाहरुले उद्दार र राहतमा ध्यान दिन जरुरी छ । सरकारका कतिपय निकाय नै उद्दारको पर्खाइमा छन् । यस्तो स्थितिमा पनि उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियता प्रशंसनीय छ । जोखिमयुक्त अवस्थामा पनि जिउधनको सुरक्षाका लागि सुरक्षा निकायले देखाएको तत्परता सराहनीय छ । यसका लागि सुरक्षा निकाय धन्यवादका पात्र बनेका छन् ।

यस्तो बेलामा उद्दार र राहतका लागि सुरक्षा निकायलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ । सुरक्षा निकाय जस्ता उद्दार र राहतका लागि खटिने युवाहरुलाई पनि तालिम र प्रशिक्षणका साथै उपकरणको उपलव्धता हुनुपर्ने देखिएको छ । सरकारले तत्काल नागरिकको ज्यान बचाउन जस्तोसुकै भूमिका निर्वाह गर्न पनि पछि नपरी आफ्ना सबै संयन्त्रको परिचालन गर्नु अहिलेको आवश्यकता हो ।

यसका निम्ति सरकारले ढिलाई गर्नु हुँदैन । सरकारले आमनागरिकलाई पनि राहत र उद्दारमा उक्रिय हुन आव्हान गर्नुको विकल्प छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!