विश्व नेपाली साहित्य महासंघमा नयाँ नेतृत्व

SHARE:

लन्डन । विश्व नेपाली साहित्य महासंघको विश्व केन्द्रिय समितिको नयाँ नेतृत्व चयन भएको छ ।

सुरेन्द्र परदेशी लिम्बुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको निर्वाचन समिति संयोजक डा. कृष्णप्रकाश श्रेष्ठले जानकारी दिए । केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रिय समिति सदस्यहरुमा एक भन्दा बढी उम्मेदवारी नपरेका कारण समिति सर्वसम्मत चयन भएको संयोजक श्रेष्ठले जानकारी दिए । नवनिर्वाचित कार्यसमिति अध्यक्षमा लिम्बु, वरिष्ठ उपाध्यक्षमा डा. लेखनाथ काफ्ले (ताईवान), उपाध्यक्ष डेन्जोम साम्पाङ (अमेरिका), सावित्रा लुइँटेल घिमिरे (इजरायल), महासचिव केदार संकेत (अफगानिस्तान), सचिव सुनिता राई कन्दङ्वा (इजरायल), आर्थिक सचिव खगेन्द्र अधिकारी ‘अमृत’ (नेपाल), संगठन सचिव हरि सिवाकोटी (क्यानडा), साहित्य संचार संयोजक रमेश कँडेल (नेपाल) रहेका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा विजय हितान मगर (यूके), राहुल राई बोगिको (मणिपुर), लक्ष्मण न्यौपाने (म्यान्मा), आर. एल. श्रमजीवी (बेल्जियम), मोहनराज खनाल (म्यान्मा), कल्पना पौडेल (नेपाल), दिलीप राई सगर
(मलेसिया), अमित चाम्लिङ (कुवेत), बगाले क्षेत्री (साउदी), केबी पौडेल (नेपाल), नवराज पोख्रेल (रोमानिया), ममता तामाङ (भुटान र अमेरिका) र भुवन रोका (जापान) छन् ।

यसैगरी विश्व केन्द्रीय समितिको सल्लाहकारमा कृष्णप्रकाश श्रेष्ठ (रसिया), प्रा. डा. भीम खतिवडा (नेपाल), प्रा. डा. कविता लामा (भारत), डा. मधु माधुर्य (अमेरिका), विश्वासदीप तिगेला (बु्रनाई) र सागर श्रेष्ठ (नेपाल) रहेको निर्वाचन समिति संयोजक डा. श्रेष्ठले जानकारी दिए ।

महासंघमा उदाउँदो तारा साहित्य समाज, पेनाङ मलेसिया, अनलाइन नेपाली साहित्य मञ्च, ब्रुनाईर बेलायत, नेपाली साहित्य प्रतिष्ठान, हङकङ, सर्वदा वाङ्मय साहित्य प्रतिष्ठान, यूएई, प्रवासी नेपाली साहित्य समाज, बेलायत÷ ब्रुनाई संस्थाहरू सम्बद्ध रहेका छन् ।

नवनिर्वाचित विश्व केन्द्रीय समिति अध्यक्ष परदेशी लिम्बुले निर्वाचन समितिको सम्पूर्ण सदस्यहरु साथै महासंघको नयाँ समिति निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महानुभावहरुलाई आभार प्रकट गरे । साथै उनले निवर्तमान समितिमा रहेका साथीहरु उनीहरुको योगदानको उच्च सम्मान गर्दै आधिकारिक बिदाई गर्ने योजनासमेत बनाइसकेको बताए । उनले महासंघको नयाँ समितिमा निर्वाचत हुने पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई एक साहित्यिक कार्यक्रमको आयोजना भानु जयन्तीकै दिन असार २९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । वश्व नेपाली साहित्य महासंघको यस विश्व केन्द्रिय समिति २०१९–२०२२ सम्म कार्यभार सम्हाल्ने छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!