ब्यापार घाटाको ज्वरो

SHARE:

खिम घले
पछिल्लो तथ्यांकले नेपालको व्यापार घाटा भयावह देखाएको छ । धेरै वर्षदेखि नेपालले व्यापार घाटा व्यहोर्दै आएकोले धेरैलाई यो कुरा नौलो नलाग्न सक्छ । बर्सेनि व्यापार घाटा बढ्दै गएको कुरा पढ्दा सुन्दा र हेर्दा नेपालीको लागि सामान्य भइसकेको छ । तर, जुन तथ्यांक गतको वर्षको आएको छ, त्यसले मुलुकको नीति निर्माताहरुलाई सोच्न बाध्य तुल्याउनु पर्ने हो, तर सोचेको जस्तो अझै पनि देखिएको छैन ।

व्यापार घाटाको सामान्य बुझाई भनेको आफुले बेच्ने भन्दा किन्ने सामानको मुल्य धेरै तिर्नु पर्ने हो । एक अर्कासंगको निर्भरता बढ्दै गएको विश्वव्यापीकरणको अवस्थामा सबै देशहरुले आफ्नो बस्तुको अन्तर्राष्ट्रिय बजार खोज्नु र आफु नाफामा रहन खोज्नु स्वभाविक हो । तर, नेपालले जुनढंगले घाटा व्यहोरी रहेको छ, यही अवस्था रहिरह्यो भने स्थिती गम्भीर हुने निश्चित छ । जुन बेला सामान चाहिएको हुन्छ र तिर्ने रकम चाहि हुँदैन त्यस्तो बेला मुलुकै संकटमा फस्छ ।

पछिल्लो तथ्यांक अनुसार मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छरु । यो गत वर्षको कुल बजेटभन्दा ६ अर्ब रुपैयाँले बढि होरु । अर्थिक २०७५/७६ मा व्यापार घाटा १३.५५ प्रतिशतले बढेको छ रु। आव २०७४/७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियोर ।

कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियोरु। जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्रै निर्यात भयो । यद्यपी निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको छरु ।

किन बढ्यो आयात ?

भन्सार विभागले दिएको जानकारी अनुसार नेपालमा आयातको बढ्नुको खास कारण विलासिताका वस्तुको आयातमा वृद्धि भएर नै हो । त्यसका साथै पेट्रोलियम पदार्थ, स्टिल तथा फलाम, मेसिनरी, यातायात र पार्टपुर्जा, खाद्यान्नलगायतको आयात पनि बढेको छ । आयातको पहिलो नम्बरमा इन्धन छ । कृषि प्रधान देश भनेर रटेको नेपालले खाद्यान्न खरिदमा मात्र ५१ अर्ब रुपैयाँ खर्च गरेको छ । त्यसमा पनि मुख्य बालीका रुपमा रहेको धान, मकै, गहुँलगायत बढि छन् । २८ अर्बको तरकारी र ३७ अर्बको खाने तेल पनि आयात गरिएको छ ।

सबैभन्दा बढी घाटा भारतसँग भएको छ । भारतसंग ८ खर्ब ५५ अर्ब रुपैयाँ घाटा छरु। गएको आर्थिक वर्षमा भारतबाट ९ खर्ब १७ अर्ब ९२ करोड रुपैयाँको आयात भएको थियोरु । निर्यात भने ६२ करोड रुपैयाँ मात्रैको भएको छरु । दोस्रोमा चीनसँग २ खर्ब ३ अर्ब रुपैयाँ घाटा छरु ।

युवा विदेशमा, खेत बाँझै
कुनै बेला नेपाल चामल निर्यात गर्ने मुलुकको रुपमा चिनिन्थ्यो । तर, अहिले मुख्य खाद्यन्नमा नै अर्बौ रुपैयाँ बाहिरिएको छ । कृषि उत्पादनमा समेत आत्मनिर्भर नभएपछि नेपाल जस्तो सानो मुलुकले अन्य उत्पादनमा आत्मनिर्भर हुन सक्ने अवस्था नै रहेन ।

यसको विशेष कारण, युवाहरुमा देखिएको विदेशिने लहर प्रमुख रुपमा रहेको छ । झण्डै ३० लाख युवा विदेशमा रहेको तथ्यांक छ । हरेक दिन हजारौंको संख्यामा विदेशिनेहरु विमानस्थलमा देखिन्छन् । उनीहरु विदेशिएसंगै गाउँघरमा खेतहरु बाँझ बसेका छन् । यस्तो अवस्थामा आयात नगरेर अर्को विकल्प छैन ।

तर, यसमा युवाहरुलाई दोष दिएर मात्रसरकारले मुक्ति पाउँदैन । विदेशिने जुन मानसिकता छ, त्यसलाई बदल्नको लागि लामो समय लाग्दछ । तर, त्यतातर्फ हाम्रो नीति नियमहरु पनि केही देखिएको छैन । कसरी युवाहरुमा उद्यमशिलताको बृद्धि गराउने र नेपालमै बसेर पनि राम्रोसँग सुखी जीवन विताउन सकिन्छ भन्ने बारेमा बुझाउन जरुरी छ ।

उनीहरुले गर्न चाहेका कामहरुमा सघाउनु सरकारको दायित्व हो । बजारको निर्माण, विभिन्न खाले कानुनी तथा अन्य खालका अप्ठ्यारोहरु फुकाउने र पूर्वाधारको निर्माण गर्ने काम सरकारको हो । कोही व्यक्तिले स्वदेशमै केही गर्न खोज्दाका चुनौतीहरु धेरै छन् । उसको सुरक्षा, बजार, पूर्वाधार, पूंजी र उपयुक्त नीति नियमहरु पूर्व सर्त हुन् । यस्ता विषयहरुको सम्बोधन नभएसम्म युवाहरुलाई स्वदेशमै बस भन्नुले मात्र कुनै अर्थ राख्दैन ।

अहिलको हाम्रो अबस्था भनेको विदेश गएर कमाउने, त्यही कमाई प्रयोग गरेर विलासी सामानदेखि दैनिक गुजाराको सामाग्रीहरु जुटाउने हो । परिवारको एक जना विदेश गएपछि स्वदेशमा रहेका परिवारका सबै सदस्यहरु खुट्ट हल्लाएर बसेर खाने अवस्थाको सृजना भएको छ । परिवारको एक जना विदेश पुगेपछि उनको आशामा परिवारका सबै जनाले कामै छाड्ने प्रबृत्तिसमेत देखा परेको छ । अनि हरेक युवा हुर्कंदै गर्दा कसरी विदेश जाने भन्ने मानसिकताको विकास भएको छ । अहिलेलाई त्यही विदेश पुगेको युवाहरुको कमाईले खर्च चलिरहेको अवस्था हो, तर यो दीर्घकालमा न व्यक्तिका लागि, न परिवारका लागि, न त देशका लागि नै उपयुक्त छ । यतातर्फ राज्यले बेलैमा सोच्नु पर्ने हुन्छ ।

लगानी क्षेत्रको पहिचान
राज्यको नीति निर्माण तहमा बस्नेहरुले मुलुकको लागि कुन क्षेत्र सबैभन्दा संभावनायुक्त छ भन्ने विषयमा बुझ्न जरुरी छ । व्यापार घाटा कम गराउने उपाय भनेको आफ्नो कमाई बढाउने वा आफुले निर्यात गर्ने बस्तु बढाउने नै हो ।

यसअघि हामीले गरेको युवाहरुलाई स्वदेशमै अड्याउने कुरा सबै विषयसंग जोडिए पनि कसरी आफै आत्मनिर्भर हुने भन्ने विषयसँग बढि सम्बन्धित छ । कृषि उत्पादनको क्षेत्रले हामी आफैलाई आत्मानिर्भर हुन सघाउने छ । कृषि उत्पादन निर्यात गर्न सकिन्छ, तर निर्यात भन्दा पहिले आयात घटाउने उपाय सोच्नु पर्छ ।

तर, त्यस बाहेक पनि हामीले निर्यात बढाउन सक्ने क्षेत्र र सेवा प्रवाह गरेर विदेशी मुद्रा आर्जन गर्न सक्ने क्षेत्रको पहिचान गर्नुपर्ने हुन्छ । यसका लागि हामी महत्वकांक्षी भएर मात्र हुँदैन, हाम्रो धरतलीय अवस्थालाई पनि विचार पुर्याउनु पर्ने हुन्छ ।

ठूला कारखाना र खानीहरु हाम्रा लागि उपयुक्त छैनन् । ठूला काराखानाहरुको लागि हामीले कच्चा पदार्थ आयात गर्नुपर्ने हुन्छ । त्यस्तै खानीहरुले गर्ने वातावरणीय विनास हामीले थेग्न सक्ने अवस्थामा छैन । त्यसैले साना र मझौला खालका हाम्रा आफ्नै प्रविधिमा आधारित उद्योगहरुको विकास गर्न सक्नु पर्दछ । ति उत्पादनहरु सामान्य मुल्यमा विक्ने खालका होइनन्, उच्च गुणस्तर र मुल्यका हुनु पर्दछ ।

पर्यटनमा संभावना
पछिल्लो समय जलविद्युतबाट देशको समृद्धि गर्न सकिने कुरामा बहसहरु भइरहेको छ । नेपालमा रहेको आथह जलभण्डारलाई उपयोगमा ल्याउने र त्यसबाट उत्पादन हुने विजुली विश्व वजारमा बिक्री गर्न सकिने हो भने त्यसले मुलुकको मुहार फेर्ने कुरामा दुई मत हुनै सक्दैन ।

तर, यहाँ वेवास्ता गरिएको क्षेत्र भने पर्यटन हो । यदाकदा नेपालको सुन्दरता र पर्यटनको संभावनाका बारेमा नीति निर्माताहरुले प्रवचन दिने गरेपनि त्यसतर्फ पाइला अघि बढाएको भने पाइदैन । विश्वमा कतिपय विकसित मुलुकहरुले पर्यटनलाई आफ्नो आम्दानीको प्रमुख स्रोतको रुपमा लिने गरेको छ ।

प्रकृति र मानव सम्पदाले भरिपूर्ण नेपालमा पर्यटन नीतिको अभाव छ । एउटा एकीकृति नीति बनाउने, पर्यटनलाई मध्यनजर गरेर विकासको मोडल तय गर्ने हो थोरै लगानीमा नै केही वर्षभित्रै पर्यटन क्षेत्रले फड्को मार्ने कुरामा असहमत हुनुपर्ने कुनै कारण देखिन्न ।

पूर्वाधारहरुको विकास गर्दा पर्यटन गतिविधिलाई ध्यानमा राख्ने, त्यही अनुरुपको जनशक्ति निर्माणमा ध्यान दिने र नेपालको प्रकृतिक तथा मानव निर्मित साँस्कृतिक सम्पदाहरुको प्रचार प्रसार हुने हो भने केही वर्षभित्रै विदेशी पर्यटकको आवागमनलाई ह्वात्तै बढाउन सकिने छ । त्यसले मुलुकभित्र विदेशी मुद्रा ल्याउने छ भने संगसंगै ठूलो मात्र रोजगारीको समेत सृजना गर्नेछ ।

यसले न त वातावरणको विनास गर्ने छ न त अत्याधिक प्रदुषण र फोहोर नै उत्पादन गर्नेछ । पर्यटन क्षेत्रको पूर्व सर्त भनेकै सफाइ, संरक्षण, चुस्ता र दुरुस्ता हो । हामीमा त्यतातर्फ जानका लागि बाध्य नै हुनेछ । यसले पर्यटकका लागि आकर्षक त बनाउने नै छ । हामी आफै पनि स्वस्थ र स्वच्छा हुने छौं ।

अन्त्यमा,
संसारका धेरै देशहरु युवा जनसंख्याको कमीले पिरोलिइरहेको अवस्था छ । हाम्रो मुलुक भने युवाहरुलाई निर्यात गरिरहेको छ । तिनै युवाहरुलाई देशभित्र अडिने र गरिखाने वातावरणको सिर्जना मात्र गर्ने हो भने पनि यो व्यापार घाटा हाम्रो लागि गौण हुनेछ । यसका लागि चाहिएको उपयुक्त वातावरण मार्ग निर्देश मात्र हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!