बेलायतमा पढाइ पूरा गरेर स्वदेश फर्कन नेपाली विद्यार्थीलाई कावा राजदूत दुवाडीको आग्रह

SHARE:

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पढाइ पूरा गरेर स्वदेश फर्कन नेपाली विद्यार्थीहरुलाई आग्रह गरेका छन्

गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीले भोगिरहेका चुनौती र अवसरबारे छलफल गर्ने उद्देश्यले शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रममा कावा राजदूत दुवाडी उक्त धारणा राखेका हुन् । उनले विद्यार्थीहरुलाई पढाइमा ध्यान दिन, असाइनमेन्ट समयमा बुझाउन, ट्युशन फी समयमा बुझाउन र ‘प्रोएक्टिभ’ हुन पनि सुझाव दिए।

विद्यार्थीहरुको जीवन बीमा गर्ने व्यवस्था गर्न सकेमा भवितव्य परेको अवस्थामा सहयोग पुग्ने पनि उनले जनाए ।उनले विद्यार्थीले समयमै फी तिर्दा पनि भिसा विथड्र गर्ने ब्रिटिश विश्वविद्यालयविरुद्ध दूतावासले कदम चालेको पनि उनले जनाए । ‘हाम्रो पहिलो दायित्व नेपालको राष्ट्रिय हित र नेपालीहरुको सुरक्षा गर्ने हो’, उनले भने ।

नेपाली विद्यार्थीलगायत बेलायतस्थित नेपाली समुदायसँग दूतावासले नजीक रहेर काम गरिरहेको जनाउँदै उनले ‘होमलेस’ भएका विद्यार्थीहरुलाई खोजेर एनआरएनएको सहयोगमा नेपाल फिर्ता पठाउने काम गरेको पनि स्मरण गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!