काश्मीर घटनामा भारतप्रति चीन रुष्ट, दुई देशबीच तिक्तता बढ्ने संकेत

SHARE:

काठमाडौं । भारतमा मोदी सरकारले सोमबार जम्मु–कश्मिर राज्यलाई केन्द्र शासितको दर्जा दिने गरी भएको संविधान संशोधनको घटनाप्रति चीन सरकारले आपत्ति प्रकट गरेको छ।

भारत सरकारले चीनको भूभागसमेत आफ्नो क्षेत्रमा पार्ने गरी लद्दाख र जम्मु–कश्मिरलाई केन्द्र शासित राज्यको दर्जा दिएकामा चीनले आपत्ति प्रकट गरेको हो । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले भारतले चीनको भौगोलिक सार्वभौमिकतालाई लत्याउने गरी एक पक्षीय रुपमा गरेको घरेलु कानुनको परिमार्जन स्वीकार्य नभएको उल्लेख गरेकी छन् । उनले सीमा मुद्दा यसले अझ चर्काउने प्रतिक्रिया पनि व्यक्त गरेकी छन् ।

उनले संवाद र परामर्शको माध्यमबाट विवाद समाधान गर्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्वलाई कायम राख्नु पर्छ भन्ने चिनियाँ धारणा रहेको उल्लेख गरेकी छन् । कश्मिर घटनाले चीनसँग भारतको तिक्तता बढ्ने देखिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!