भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने पाकिस्तानको घोषणा

SHARE:

काठमाडौं । जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोस्ने गरी भारतले संविधानको अनुच्छेद ३७० लाई निश्प्रभावी बनाएकोमा पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले भारतसँग द्वीपक्षीय व्यापारिक सम्बन्ध निलम्बन गर्ने घोषणा गरेको छ ।

समितिको बैठक प्रधानमन्त्री इमरान खानको नेतृत्वको भएको थियो, जसमा विदेश, रक्षा, गृहमन्त्रीका साथै सेना र खुफिया एजेन्सीका अधिकारी हुन्छन् ।

बैठकमा भारत सरकारको एकतर्फी र गैरकानुनी कारबाही गरेपछि उत्पन्न भएको परिस्थितिबारे चर्चा भएको बैठकपछि जारी व्यक्तव्यमा उल्लेख छ । बैठकले भारतसँग राजनीतिक सीमित गर्ने र द्वीपक्षीय व्यापार निलम्बन गर्ने निर्णय गरेको छ ।

एआईवाई टीभीसँग कुरा गर्दै विदेशमन्त्री शाह मोहम्मद कुरैशीले दिल्लीस्थित पाकिस्तानी दूताबासबाट आफ्ना राजदूतलाई फिर्ता बोलाउने र इस्लामाबादबाट भारतीय राजदूतलाई फिर्ता पठाउने निर्णय भएको छ ।

पाकिस्तानले यो मुद्दालाई संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्मा उठाउने निर्णय पनि गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!