हङकङमा भावेश भुमरी एकल सिर्जना साँझ

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली साहित्यका प्रसिद्ध साहित्यकार भावेश भुमरीको एकल सिर्जना कार्यक्रम हङकङमा हुने भएको छ । सो कार्यक्रमका लागि भावेश काठमाडौँबाट हङकङ जाँदै छन् ।

हङकङका साहित्यकार तथा साहित्यानुरागीहरूले कवि तथा गीतकार भावेश भुमरीलाई पहिलेदेखि नै हङकङमा निम्त्याउने प्रयास गरेका थिए । गतसाल भुमरी बेलायत आएकाले उनको हङकङ जाने कार्यक्रम सरेको थियो । यही अगस्ट २४ तारिखको बेलुका साब्लाबुङ प्रकाशन हङकङको आयोजनामा हुने ‘भावेश भुमरी एकल सिर्जना साँझ २०१९’ मा भावेश भुमरीले बेलायत भ्रमणका क्रममा लेखेको ‘भिसाको रङ’ नियात्रा पुस्तकको विमोचन र समीक्षा हुँदै छ ।

केही महिनाअगावै बीएफबीएस रेडियो, ललितपुर नेपालबाट यस पुस्तकको नेपाल परिचर्चा गरिए तापनि विमोचन भएको छैन । नेपालमा स्थायी बस्ने भुमरीको बेलायतको नियात्रा भएकाले हङकङको विमोचन कार्यक्रमले निक्कै महत्व राख्ने छ ।
भिसाको रङ हाल बेलायतमा निक्कै रुचाइएको कृति हो । यसका साथै भावेशले आफ्ना केही महत्वपूर्ण सिर्जना प्रस्तुत गर्ने छन् भने भुमरीद्वारा रचित गीतहरूको गायन कार्यक्रम पनि हुने छ । थोरै मनोरञ्जन र धेरै बौद्धिक बन्ने सो कार्यक्रममा हङकङका साहित्यकार, साहित्यानुरागी, समाजसेवी र विभिन्न संघसंस्थाका व्यक्तिहरूको उपस्थिति रहने छ ।

आफ्नो कार्यक्रमका साथसाथै भावेश भुमरी अन्य कार्यक्रममा पनि निम्त्याइएका छन् । हङकङ साहित्यिक साझा शृङ्खलाको ८८ औँ शृङ्खलाका साथै आठौँ वार्षिकोत्सव र कवि डोम रानाको कवितासङ्ग्रहको विमोचन कार्यक्रमले भुमरीलाई निम्तो दिइसकेका छन् । अन्य कार्यक्रम भावेश हङकङमा हुँदै पनि तय गरिने छन् ।

गत साल भावेश भुमरीको बेलायत भ्रमणका क्रममा भुमरीलाई यस एभरेस्ट टाइम्स साप्ताहिकले आफ्नो कार्यालयमा निम्त्याएको थियो र सम्मान गरेको थियो । यसका साथै यस पत्रिकाले भुमरीको बेलायतका धेरै कार्यक्रमका समाचारलाई महत्वका साथ प्रकाशन गरेको थियो । तिनै समाचार, लेख र रेडियो अन्तर्वार्ताहरूलाई भुमरीले ‘भावेश भुमरी इन द यूके’ पुस्तकमा समावेश गरेका छन् ।
बेलायतका गतिविधि र यात्रालाई समेटेर दुईवटा पुस्तक प्रकाशन गरेका भुमरी यसपालिको हङकङ यात्राका क्रममा पनि नियात्राको पुस्तक लेख्ने सोचमा छन् । भुमरीको नियात्रामा दुई हप्ता हाराहारीको हङकङ बसाई, कार्यक्रम र घुमफिर समेटिने छन् ।

सरल, इमान्दार र सिर्जनशील भुमरीले बेलायत भ्रमणका क्रममा बेलायतका विकास र परिपाटीलाई नेपालसँग जोडेर हेरे र देशप्रेमले छटपटिए । हङकङका अनुभूतिहरूलाई पनि भुमरीले यसरी नै प्रस्तुत
गर्ने छन् ।

भावेशको हङकङ यात्रा, कार्यक्रम र बसाइलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राजकुमार राई, जीतकर्ण राई, विशु सम, युगमाया राना, दिनेश सुब्बा र नेत्र पहराईले संयोजन गरेका छन् । जसरी भावेशलाई बेलायत भ्रमणमा भुमरीकै निकटका दाजुभाइ, दिदीबहिनी, साथीहरू र प्रशंसकहरूले साथ र सहयोग गरेका थिए, हङकङमा पनि त्यस्तै गरेका छन् ।

कुनै संघसंस्थाको आर्थिक संयोजनबिनै विदेश जाने भावेश एक उदाहरण हुन् । यसले भुमरीको सिर्जनात्मक लोकप्रियता कलाकारहरूको भन्दा कम छैन भन्ने कुरा प्रस्ट हुन्छ ।
यद्यपि मगर समुदायमा संस्थागत रूपमा कलाकारहरूलाई जस्तै साहित्यसर्जक लगायतका बौद्धिक व्यक्तिहरूलाई निम्त्याउने र बौद्धिक बहस गर्ने सोच विकास नभएको कुरा भुमरी स्वीकार्छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!