बेलायतले किन देखायो चीन–अमेरिका व्यापार विवादका विषयमा चासो ?

SHARE:

फ्रान्स । बेलायतले चीन–अमेरिका व्यापार विवादका बिषयमा चासो व्यक्त गरेको छ । फ्रान्स भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले शुक्रबार ‘जस्तालाई तस्तै’ भन्ने भावले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच देखिएको व्यापार विवादले विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेको भन्दै यसप्रति चासो व्यक्त गरेका हुन् ।

वदलाको भावमा दुई मुलुकले आ–आफ्ना तर्फबाट करवृद्धि गरी व्यापारमा संरक्षणवादी नीतिलाई अघि सार्दा यसले विश्व अर्थतन्त्रमा समस्या आएको बताइएको छ । वियरिट्समा हुन लागेको जी–सेभेन राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन जाने क्रममा विमानभित्रै सञ्चारकर्मीसँग भएको कुराकानीमा प्रधानमन्त्री जोनसोनले भने, “मलाई यस बिषयले निकै चिन्तित तुल्याएको छ । यसको प्रभाव बेलायतलाई समेत पर्नसक्ने खतरा रहेको छ तर यो खतरा मोल्न बेलायत चाहिरहेको छैन । यस्तो निरन्तरता हुनु राम्रो होइन । यसले कसैलाई फाइदा गर्नेछैन ।”

उनले थपे, “म तनाव कम होस् भन्ने पक्षमा रहेको छु ।”-एएफपी

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!