कपिलले पत्रकारसँग मागे एक अर्ब क्षतिपूर्ति माग

SHARE:

भारतीय कमेडियन कपिल शर्माले बुधबार एक इन्टरटेनमेन्ट न्यूज पोर्टल र त्यसका पत्रकार विक्की लालवानीमाथि आफ्नो चरित्रहत्या गरेको आरोपमा एक अर्ब भारु क्षतिपूर्ति माग गर्दै कानूनी नोटिस पठाएका छन् । उनले नोटिसप्राप्त गरेको सात दिन भित्र सार्वजनिकरुपमा बिना सर्त माफी माग्नुपर्ने माग पनि गरेका छन् ।

पब्लिकेसनले आफ्नो विरुद्ध अपमानजनक, घृणायुक्त समाचार र विचारहरु प्रशारण गरेको कपिलको आरोप छ । उनले यस्ता सामग्रहरु तत्काल हटाउनुपर्ने बताएका छन् । यी सामग्रीले आफ्नो छवि विगारेको भन्दै १ अर्ब भारुको क्षतिपूर्ति तिर्नुपर्ने माग उनले गरेका हुन् ।

कपिलका वकिल तनवीर निजामले कानूनी नोटिस पठाइएको पुष्टि गरे । उनले भने, ‘न्यूज पोर्टल सम्पादक विक्की लालवानीले मेरो क्लाइन्टलाई बदनाम गरे, त्यसैले हामीले सात दिनभित्र सार्वजनिक रुपमा माफी माग्नका लागि कानूनी नोटिस पठाएका छौं । यदि माफी नमागेको खण्डमा हामी उनीमाथि आपराधिक कारवाहीको प्रक्रियामा जाने छौं ।’ यो विवाद अघिल्लो महिनादेखि सुरु भएको हो । कपिलले लालवानीलाई गालीगलौज गरेको एउटा अडियो कल सार्वजनिक गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!