त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि शानदार जित

SHARE:

काठमाडौं । कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले सिंगापुरमाथि शानदार जित दर्ता गरेको छ । इन्डियन एसोसियसनको मैदानमा भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले हराएको हो । सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

ओपनर इशान पाण्डे ५ रनमा आउट भएको खेलमा कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेका हुन् । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे ।

पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे । त्यस्तै आरिफ शेखले ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे ।

टि२० सिरिजमा नेपाली कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी अहिलेसम्मकै उच्च हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो ।

सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले । यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए ।

सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बनाए ।

नेपालका लागि करण केसीले २ विकेट लिए । डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए । पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!