सहयोग गरौं – देखाउन होइन, मनदेखि गरौं [विचार]

SHARE:

नेपालमा बुधबार बिहान भएको कहालीलाग्दो घटनाले हामी सबैको मन सिरिङ्ग बनाएको छ। यस्तो आपत् परेको बेला सकेको सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो।

यस्तो बेला बहाना बनाएर पन्छिने होइन, आफ्नो सानो–ठूलो खर्च केही कटाएर भए पनि सकेको सहयोग गरौँ। रकम ठूलो–सानो होइन, भावना ठूलो कुरा हो। तर एउटा कुरा व्यावहारिक रूपमा पनि सोचौँ-सहयोग कहाँ र कसरी गर्ने?
अहिले धेरै साथीहरूलाई २०/२२ वटा ठाउँबाट सहयोगका अनुरोध आइरहेका छन्। एउटै व्यक्तिले धेरै ठाउँमा बाँडेर सहयोग गर्नुपर्दा कहिलेकाहीं सहयोगभन्दा तनाव र असहजता बढी हुन सक्छ।

त्यसैले मेरो सानो अपिल छ-सम्भव भएसम्म एउटै भरपर्दो संस्था वा माध्यमबाट एकजुट भएर सहयोग गरौँ। जुन संस्थामार्फत गरे पनि हुन्छ, तर सकेसम्म प्रभावकारी रूपमा गरौँ।

कसैले पहिले नै सहयोग गरिसक्नुभएको छ भने उहाँलाई फेरि–फेरि अनुरोध नगरौँ। उहाँले आफ्नो हैसियतअनुसार सहयोग गरिरहनुभएको छ भने उहाँलाई पनि सहज हुने वातावरण बनाऔँ।

मेरो उद्देश्य सहयोग नगर्नेहरूलाई बहाना दिने होइन, बरु सहयोग गर्न चाहने र गरिरहनुभएका साथीहरूलाई पनि अनावश्यक दबाब र असहजताबाट जोगाउनु हो।

सबैको आफ्नो व्यक्तिगत र पारिवारिक बजेट हुन्छ। त्यसलाई पनि विचार गरौँ। आफूलाई नै असहज बनाएर वा आफ्नो परिवारलाई असर पर्ने गरी सहयोग गर्नुपर्दैन। आफ्नो हैसियतअनुसार गरौँ। तर सक्ने अवस्थामा छौँ भने अलिकति खर्च कटाएर दिल खोलेर सहयोग गरौँ।

मलाई जस्तै धेरै ठाउँबाट अनुरोध आउने साथीहरूलाई २०/२२ ठाउँबाट लगातार अपिल आउँदा अप्ठ्यारो हुन सक्छ। त्यसैले एक–अर्काको अवस्था पनि बुझौँ र सम्मान गरौँ।

सहयोग गरौँ-जुन संस्थामार्फत गरे पनि गरौँ। तर सकेसम्म मनदेखि, आफ्नो क्षमताअनुसार र व्यवस्थित रूपमा गरौँ।
सहयोग भनेको देखाउनका लागि होइन, आत्मादेखि गरिने मानवीय भावना हो।

मेरो कुरा कसैलाई नराम्रो लागोस् भन्ने उद्देश्य होइन। हामी सबैले मिलेर सहयोगलाई अझ व्यावहारिक, सम्मानजनक र प्रभावकारी बनाऔँ भन्ने मात्र हो। आउनुहोस्, सकेको सहयोग गरौँ र सहयोग गरिरहनुभएकाहरूलाई पनि सहज हुने वातावरण बनाऔँ। तर मैले उठाउन होइन ।

हरिकाजी गुरुङको फेसबुक पोस्टबाट

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!