गणेश लामा जेल चलान !

SHARE:

काठमाडौँ । हातहतियारसहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई पुर्पक्षका लागि सोमबार जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई डिल्लीबजार कारागारमा चलान गरेको हो ।

परिसरका प्रवक्ता मोहन थापाले गत फागुन ३० गते हातहतियारसहित पक्राउ परेका लामालाई अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालयले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेअनुसार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए । लामालाई दुई पटकसम्म म्याद थप गरी अनुसन्धान गरिएको थियो । हातहतियार तथा खरखजना ऐनअन्तर्गत ६ महिनादेखि एक वर्षसम्म कैद तथा रु ६० हजारदेखि एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

लामामाथि विसं २०६६ असार, २०६७ कात्तिक, २०६८ साउन र २०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनीलाई गत माघमा अदालतले सफाइ दिएको थियो । लामा नेपाली काँग्रेस काभ्रे क्षेत्र नं १ प्रदेश (ख) बाट प्रदेशसभाका उम्मेदवारसमेत थिए ।
प्रकाशित : २६ चैत २०७४

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!