जात्राका लागि घलेभञ्ज्याङ र पञ्चकन्या मन्दिर परिसर चिरिच्याट्ट [तस्बिरहरु]

SHARE:

घलेभञ्ज्याङ । दुई दिने मेलालाई लक्ष्य गरी पञ्चकन्या गाउँपालिका ३ घलेभञ्ज्याङ र पञ्चकन्या मन्दिर परिसरलाई चिरिच्याट्ट पारिएको छ । शनिबार दिउँसोदेखि सुरु हुने मेलाका लागि पञ्चकन्या मेला व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय पञ्चकन्याको अगुवाइमा घलेभन्ज्याङ र मन्दिर आसपासका क्षेत्रमा बृहत् सरसफाइ गरिएको हो । त्यस्तै मेलाको शोभा बढाउनका लागि तोरण, ध्वजापतका टाँगिएको छ भने ठाउँ ठाउँमा स्वागत द्वार बनाइएको छ ।

सफाई गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ, इप्रका प्रमुख प्रहरी नायव निरीक्षक रामेश्वर सहनी, प्रहरी हवल्दार, जवान, सरकारी कर्मचारी र स्थानीय सहभागी थिए ।

पर्यटकीय सम्भावना रहेको घलेगाउँको उक्त मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण पक्ष चौथी र पञ्चमीका दिन भव्य मेला लाग्ने गर्छ । शनिबार सुरु हुने मेला आइतबार मंसिर १ गते सकिने छ । मेलामा परापूर्वकालदेखि प्रचलनमा रहेको झाँक्री नाच, विभिन्न साँस्कृतिक कार्यक्रम आकर्षण रहेको व्यवस्थापन समितिले जनाएको छ ।

 

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!