टोखा–छहरे सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्न सांसद् हितबहादुर तामाङको माग

SHARE:

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद् हितबहादुर तामाङले टोखा–छहरे सुरुङमार्ग निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न माग गरेका छन् ।

प्रतिनिधिसभामा जारी विनियोजन विधेयक २०७५/०७६ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सोमबार भाग लिँदै सांसद तामाङले टोखा–छहरे सुरुङमार्ग र गल्छी, देविघाट त्रिशूली स्याफ्रुबेंसी, रसुवागढी सडक निर्माण कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

नुवाकोट छहरेबाट सीधैं काठमाडौंको टोखा जोड्न सुरुङ मार्गको निर्माणको चर्चा चलिरहेको छ ।

छहरे–टोखा सुरुङ्गमार्ग करिब ४.५ कि.मी. देखि ५ कि.मी. सम्म हुन सक्छ । यसमा करिब प्रति किमी २ अर्ब देखि २ अर्ब ५० करोडसम्म लाग्ने अनुमान गरिएको छ । कुल लागत करिब १०–११ अर्ब लाग्न सक्ने अनुमान छ ।

टोखा–झोर खण्डको केही भागको सडक पिच हुन बाँकी रहेकोले यात्रुले सास्ती बेहोरेको भन्दै तत्काल मर्मतसम्भार गर्न तामाङलगायत नुवाकोटका सांसदहरुले केही दिन अघि सडक डिभिजन कार्यालयका महानिर्देशक गोपाल प्रसाद सिग्देलको ध्यानाकर्षण गराएका थिए ।

उनले रोजगारी सिर्जना, शिक्षामा गुणस्तर वृद्धि, स्वास्थ्य बिमा, कृषिमा आधारित उद्योग, कृषकको उत्पादनलाई राज्यले निर्धारण गर्नुपर्ने, कृषकलाई अनिवार्य अनुदान, विचौलियाको पूर्ण अन्त्य गर्नुपर्ने व्यवस्था आगामी बजेटमा राख्नुपर्ने सुझाए ।

पूर्वमन्त्रीसमेत रहेका तामाङले संघीय संरचनाको प्रभावकारी कार्यन्वयन, सबभन्दा जटिल र समस्याग्रस्त रहेको भूमिसुधार, भुउपयोग नीति एकीकृत बस्ती बिकासलगायतका राष्ट्र र नुवाकोटमा छुट्याउनु पर्ने बजेटका विषयमा बोलेका थिए ।

करोडौं, अर्बौ खर्च गरेर सडक पिच गर्ने र त्यसमा खानेपानीको पाइप, ढल निकास, बिजुलीको तार, टेलिफोन तार बिछ्याउने नाममा भत्काइरहँदा समस्या भएको उनले उल्लेख गरे । सांसद तामाङले भौतिक पूर्वाधार निर्माण गर्दा त्यस्ता पटकपटक सडक भत्काउने कार्य बन्द गर्न माग गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!