सागमा स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीको घोषणासँगै सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् ।

बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे । यस हिसाबले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन् ।

यस्तै, रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन् । यसरी हेर्दा उनले कम्तिमा ५६ लाख पाउने छिन्।

व्यक्तिगत तर्फ कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरिए पनि टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको छैन। यसमा पनि पुरस्कार दिइए गौरिकाले पाउने पुरस्कार रकम अझै बढ्नेछ।

प्रधानमन्त्रीले गरेको घोषणा अनुसार व्यक्तिगत तर्फ स्वर्ण जित्नेले जनही ९ लाख र टिम इभेन्टमा जित्नेले ५ लाख पाउनेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!