रोशनीको जन्मदिनमा पाठकलाई कृति उपहार

SHARE:

पोखरा । कवि रोशनी गुरुङले आफ्नो जन्मदिनमा पाठकलाई कृति ‘उपहार’ दिएकी छन् ।

उनको पहिलो कृति स्वर्गको एक फन्को आइतबार पोखरामा लोकार्पण गरिएको छ । रोशनीका लागि यो धर्ती, कला, संस्कार, संस्कृति नै स्वर्ग हो । यही परिवेशलाई लयमा उनेर उनले कविता लेखिन् । पत्रकारितामा सक्रिय रोशनीले आइतबारबाट औपचारिक रुपमा कविको परिचय थपिन् ।

कृति मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), सीता गुरुङ, गौरी तमु लगायतले सर्वाजनिक गरे ।

समारोहमा कृतिबाट रोज्जा २ कविता कवि माया घोताने गुरुङ, रीता अधिकारीले सुनाए । साहित्यकार तीर्थ गुरुङले कविताबाट रोशनीले स्थानीय लवज र भोगाइ प्रस्तुत गरेको बताए । उनले कवितामा कला र विचार संयोजन गर्दै यात्रा अनवरत बनाउन आग्रह गरे ।

कवि रोशनीले कविता सिकिरहेको र आफ्नो कविता जाँच्न संग्रह प्रकाशन गरेको बताइन् । ‘स्कुलदेखि नै लेख्थें । तर, कविता के हो भन्ने अझै थाहा पाउन सकेकी छैन,’ उनले भनिन् ।

मञ्चकी अध्यक्ष गौरी तमुले कवि रोशनी पछिल्लो पुस्ताकी बलियो हस्ताक्षर भएको बताइन् ।

गुरुङ साहित्यिक मञ्च नेपालले प्रकाशन गरेको कृतिको मूल्य २ सय रुपैयाँ छ । संग्रहमा २८ कविता छन् । कार्यक्रममा मञ्चका उपाध्यक्ष ई. रोशन, सदस्य सम्राट गुरुङ लगायतले बोलेका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!