समर्पणमा क्याप्टेन विजय

SHARE:

एटा संवाददाता
लन्डन । केही वर्षदेखि बेलायतमा क्रियाशील समर्पण समूहले ‘समर्पण’ नामक गीति एल्बम सार्वजनिक गरेको छ ।

गत २२ डिसेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा वरिष्ठ विमान चालक, नेपाली चलचित्र जगतका नायक, गायक, संगीतकार एवं सामाजिक अभियन्ता ‘क्याप्टेन विजय लामासँग एक साँझ’ नामक विशेष कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र क्याप्टेन विजय लामाले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

सो अवसरमा नेपाली राजदूत डा. सुवेदीले समर्पणले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै यस अभियानले नेपाली समुदाय बेलायतलाई अझ अघि बढाउने विश्वास व्यक्त गरे । उनले समर्पणको बारेमा बोल्दै समर्पण समूहको उत्तरोत्तर प्रगतिको शुभकामनासमेत दिए ।

स्थानीय कलाकारहरुले गीत तथा नृत्यसमेत प्रस्तुत् गरेको कार्यक्रममा नेपालबाट आएका क्याप्टेन लामाले आफ्ना अनुभवहरु सुनाएका थिए । सो अवसरमा उनीसँग सहभागीहरुले भेटघाट गर्दै तस्बिरसमेत खिचेका थिए ।

कार्यक्रमबाट बचत रकम मकवानपुर जिल्लास्थित देवहित आधारभूत विद्यालयलाई सहयोग गरिने आयोजकले जनाए । कार्यक्रममा सूर्य गुरुङले केही रचनात्मक कार्य गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी भई सहयोग गरिदिएकोमा बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले हार्दिक धन्यवाद आभार व्यक्त गरे ।

समर्पण समूहका सूर्य गुरुङको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई समूहकी विभा गुरुङ र कान्ति गुरुङ श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!