नेपाल र इंग्ल्यान्डको ‘सी’ टिमबीच मैत्रीपूर्ण फुटबल, पहिलो खेल अल्डरसट एफसीको मैदानमा

SHARE:

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ । नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागी जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरेका छन्।एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २ सय ४ वर्ष पुगेको अवसरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा हुने जानकारी दिए । एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने बताए। सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने नेम्वाङले बताए। वार्षिक रुपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास एन्फाबाट हुने र सोही अनुसार काम अगाडि बढाउने नेम्वाङले जानकारी दिए।

सम्झौताअनुसार नेपालको राष्ट्रिय टिम र इंग्ल्यान्डको ‘सी’ टिमबीच मैत्रीपूर्ण खेल हुनेछ। मे २५ मा हुने पहिलो खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ।

यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!