मौसम इम्बुङ (फुत्लेंदे –
हङकङ । पछिल्लो समय नेपाल बाहिर पनि नेपाली गीत, संगीत सिर्जना फस्टाउँदो अवस्थामा छ । नेपालीहरु संसारको जुनसुकै धु्रुवमा रहे तापनि आफ्नो कला संस्कृति भुल्न सक्दैनन् स्रष्टाहरुको सिर्जना जहाँ पनि फल्छ, फुल्छ । समयको माग पनि यस्तै आएको छ ।
इन्टरनेटको माध्यमबाट जहाँ रहेपनि काम गर्न सकिन्छ मान्छेसँगै भइरहनु पर्दैन । त्यस्तै, यो पालि पनि फेरि दर्शक स्रोताहरुले हङकङ, बेलायत र नेपालको सांगीतिक कनेक्सन बढो गजबले हेर्न, सुन्न पाउने भएका छन् । सन्दर्भ हो, पछिल्लो पटक हङकङमा छाँयाङ्कन गरिएको म्युजिक भिडियो ‘मायाले संसार थाम्दैन’ बोलको गीतको । सो गीत बेलायतमा बस्ने गीतकार जानु काम्बाङ लिम्बूले लेखेकी हुन् भने संगीत र स्वर नेपालमा बस्ने गायक तथा संगीतकार सुजन तिगेला लिम्बूको रहेको छ । हाल हङकङमा बस्दै आएका चर्चित म्युजिक भिडियो निर्देशक युगल
पोमुको कम्बाइनेसन आकर्षक रहने अनुमान गरिएको छ ।

लाहुरे परिवेशकी गीतकार जानूले विभिन्न खालका गीतमा कलम छाउँछिन् । उनको शब्दमा रहेका पुर्वेली गीतहरु प्रशस्तै हेर्न सकिन्छ युट्युबतिर, त्यसैगरी नेपाली चलचित्र काबेली, एकपल, एक्स्ट्रा माया, दुष्साहस र भर्खर सुटिंग सकिएको चलचित्र ‘मट्टी माला’ मा समेत एउटा आइट्म गीत लेखिसकेकी छिन् । उनको शब्दमा रहेका कयौं गजलहरु पनि सुन्न सकिन्छ । उनको अरु गीतहरुले जस्तै यो गीतले पनि दर्सक स्रोताको माया पाउने आशा गरिएको छ । उनले नेपाली भाषामात्रै होइन, आफ्नो लिम्बू भाषामा पनि केही गीतहरु लेखेकी छन्, पारिवारिक रोजगारीको सिलसिलामा हाल सपरिवार बेलायतमा बस्छिन् उनी ।
सयौं चर्चित म्युजिक भिडियोहरु निर्देशन गरिसकेका निर्देशक युगल पोमु पनि हाल पारिवारिक कारण हङकङमा छन् । नेपालमा रहँदा प्रत्येक दुई हप्तामा उनको निर्देशनमा बनिने एक चिडियो रिलिज हुन्थ्यो भने हाल हङकङमा संख्या घटेर प्रत्येक महिना एउटाको दरले मात्रै रिलिज हुने गरेको पाइन्छ । बहुप्रतिभाशाली युगल निर्देशनको अलावा हेयर डिजाइन, मेकअप मेन र कोरियोग्राफी पनि गर्छन् ।
नेपालमा रहेर सांगीतिक क्षेत्रमामा क्रियाशील रहने र चर्चामा रहिरहने युवा गायक तथा संगीतकार सुजन तिगेला लिम्बूका गीतहरु पनि पछिल्लो पटक धेरै दर्शक स्रोताहरुले रुचाएका छन् । प्लेब्याकिङ स्वर साथै स्टेज पर्फर्मेन्समा सबैले रुचाएको सुजनका दर्जनौ कर्णप्रिय गीतहरुका भिडियो युट्युबमार्फत हेर्न र सुन्न सकिन्छ ।
यी तीनजना सर्जकहरुको सिर्जना हङकङमा छाँयाङ्कन भएको म्युजिक भिडियो ‘मायाले संसार थाम्दैन’को दर्शक स्रोताहरुले ब्याग्र प्रतीक्षा गरिरहेका छन् । हङकङको ज्याप स्टुडियोअन्तर्गत विक्रम गुरुङको छाँयाङ्कन, चर्चाको शिखरमा रहेको युवा कलाकार मौसम ईम्बुङ लिम्बू, चर्चित मोडेल विद्या श्रेष्ठ र थुप्रै म्युजिक भिडियोमा काम गरिसकेको मोडेल तथा समाजसेवी, हेमराज अन्छङ्बो लिम्बूको बेजोड अभिनय रहेको छ ।
भिडियोमा एचके नेपाल ढाका बुटिककी सारी सुब्बाको ड्रेस डिजाइन रहेको छ भने भद्र गर्बुजा र चिना वनेमले निर्माण व्यवस्थापन गरेका छन् । भिडियो अब चाँडै बजारमा आउने निर्माण समूहले जानकारी दिएको छ ।






