स्पोन्सर पाउन सहारा पोखराको टुर्नामेन्ट जस्तो जेनुन कुरा हुनुपर्छ : कुमार गुरुङ अध्यक्ष, सहारा यूके

SHARE:

नेपाल पुगेर फिजिकल्ली आहा रारा गोल्डकपमा सहयोग गर्नु नै ठूलो कुरा हो

नेपालको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप १८ औं संस्करण फागुन २२ देखि चैत १ सम्म पोखरा रंगशालामा हुँदैछ । ‘खेलकुद विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यसहित सहारा क्लब पोखराको आयोजनामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाली र विभिन्न देशका क्लबले भाग लिनेछन् । प्रतियोगिता सञ्चालन गर्न झन्डै करोड लागत अनुमान आयोजकको छ । सहारा क्लबले आयोजना गर्ने च्यारिटी कार्यक्रम, क्लबमा आश्रित बालबालिकाको सहयोग, भवन निर्माण, अक्षय कोष निर्माणमा सहारा यूकेले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस सिजनको आहा रारा गोल्डकपमा सहारा यूकेको भूमिका र अन्य विविध विषयमा अध्यक्ष कुमार गुरुङसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानीको सम्पादित अंश :


आहा रारा गोल्डकपमा सहारा यूकेले कुन रुपमा भूमिका खेल्दै छ ? १८ औं संस्करणको आहा रारा गोल्डकप टुर्नामेन्ट मार्च ५ देखि १४ तारिख (फागुन २२ देखि चैत १ गते) सम्म पोखरा रंगशालामा हुँदैछ । यसमा सहारा यूके प्रायः गरी सधैं सहयोग गर्दै आएको छ । हुन त कतिलाई सहारा क्लबबारे थाहा नहुन सक्छ, यो हाम्रो केन्द्र हो । त्यसका सहारा यूके, सहारा हङकङ, सहारा अस्टे«लिया गरी तीनवटा ब्रान्च छन् । सहारा क्लब पोखराले हरेक वर्ष गर्ने मेजर टुर्नामेन्ट आहा रारा गोल्डकप हो । त्यो टुर्नामेन्टमा हामी सहारा यूके, सहारा हङकङ, सहारा अस्टे«लिया गएर सहयोग दिने काम गर्छौंं । त्यहाँ (नेपालमा) हामी गइसकेपछि याज टिम भएर काम गर्छौं । हामीले फाइनान्सियल सपोर्टदेखि ट्रफी लगायतमा सहयोग दिइरहेका छौं । व्यसिकल्ली नेपालमा गएर बैठक गर्ने, त्यहाँ सहारा क्लब पोखराका पदाधिकारी, कार्यसमिति र अग्रजहरुको सल्लाहअनुसार सहयोग दिने गरिराखेका छौं ।

आहा रारा गोल्डकप कहिलेदेखि सुरु भयो, यो कस्तो खालको प्रतियोगिता हो ?
आहा रारा गोल्डकप अहिले १८ वर्षमा खेलाउँदै छौं । त्यसअघि सहारा क्लब पोखराले एक वर्ष क्याराभान टुर्नामेन्ट आयोजना गर्नुभयो । त्यसपछि प्रायोजक भेटिएकोले नाम परिवर्तन गरेर आहा रारा गोल्डकप राखिएको हो । क्याराभान गोल्डकपलाई जोड्ने हो भने सहाराले निरन्तर टुर्नामेन्ट गरेको १९ वर्ष पुगेको छ । यो प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, अन्तर्राष्ट्रिय टोलीहरु सहभागी हुन्छन् ।

बाहिर भन्नाले कुन कुन देश ?
यस वर्ष भारतबाट खेलाडी सहभागी हुँदैछन् । जापानबाट पनि सहभागी हुने कुरा थियो । विश्वव्यापी रुपमा महामारी पैmलिरहेको कोरोना भाइरसका कारण जापानका खेलाडी नआउने भन्ने बुझियो । तर पनि १० वटा टिमले भाग लिँदैछन् । जसमा विदेशी क्लब, ए डिभिजन क्लब, मोफसलका टिम र आयोजक सहारा क्लब पोखरा छन् । गएको वर्ष क्यामरुन, भारत लगायत देशले भाग लिएका थिए ।

टिम १० वटा तर खेल अवधि १२ दिन राखिएको छ, कसरी खेलाइन्छ ?
यो नकआउट सिस्टममा खेलाइने गोल्डकप हो । फाइनलमा पुग्दा जम्मा ९ वटा म्याज हुन्छ ।

यस पटक पुरस्कार राशि बढाइएको भन्ने छ, कति छ ?
पुरस्कारको व्यवस्था सहारा पोखराले नै गर्छ । हरेक वर्ष पुरस्कारहरु पनि परिवर्तन हुँदै जान्छ । कुन वर्ष कति दिने भनेर उहाँ (सहारा पोखराका अधिकारी) हरुले नै निर्णय गर्नुहुन्छ । यस वर्ष विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा सर्वाधिक गोलकर्तालाई २५ हजार तथा उत्कृष्ठ गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई समेत जनही १५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई समेत पाँच हजार पुरस्कार दिइन्छ ।

प्रतियोगितामा जति पनि ट्रफी आवश्यक हुन्छ, त्यो सबै सहारा यूकेले प्रायोजन गर्नेछ । सहारा यूकेले सहारा पोखरालाई सपोर्ट वा स्पोन्सर भने पनि सन् २००९ बाट दिँदै आएको छ । ट्रफीहरु यूकेबाट नै लाने गरेका छौं । यूकेबाटै ट्रफीहरु लान समस्या हुन्छ । त्यसो भएपछि बीचमा ट्रफीहरु नेपालबाटै प्रोभाइड गर्ने बरु सहारा यूकेले नगद उपलब्ध गराउने भन्ने कुरा पनि आयो । तर, पनि ट्रफीको क्वालिटीको कुरा आउँछ । बेलायतको अलि राम्रो हुन्छ । बरु लैजाने कुरामा मिलाउँला भनेर २००९ बाट लाने गरेका छौं । हरेक दिनको खेल र फाइनलमा वेस्ट प्लेयर, अफिसियलहरु सबैलाई दिइने ट्रफीहरु हामीले बेलायतबाट नै प्रोभाइड गर्छौं । त्यसमा नगद पुरस्कारको कुरा पनि आउँछ । हरेक दिन म्यान अफ दी म्याचलाई हामीले ५ हजार रुपैयाँ दिन्छौं भने फाइनलमा म्यान अफ दि म्याच हुनेलाई १० हजार रुपैयाँ दिन्छौं । फाइनलमा सहभागी २० देखि ३० जना खेलाडीलाई मेडल पनि सहारा यूकेले उपलब्ध गराउँछ ।

पहिले त सहारा यूकेबाट पनि खेलाडी पोखरा जान्थे, कसरी रोक्यो ? सहारा यूकेको टिम सकेसम्म हरेक वर्ष लाने हो । गएको वर्ष लग्यौं । धेरै वर्ष अगाडि पनि लगेका थियौं । पोखरा लगेर यहाँ (बेलायत) का युवाहरुलाई समावेश गरायौं । हरेकमा फाइनान्सकै कुरा आउँछ । एलेभेन साइट हो, कम्तीमा २० खेलाडी त जानै प¥यो । उनीहरुको प्लेन टिकेट, लजिङ, फुडिङ सबै सहारा यूकेले नै गर्नुपर्छ । बजेटकै कारण हामीले नेपालमा खेलाडी लैजाने कुरालाई निरन्तरता दिन नसकेको हो । खेलाडी नभएर होइन ।

आहा रारा गोल्डकपका लागि ट्रफी, मेडल, नगदसहित कति राशिको पुरस्कार जाने गर्छ हरेक वर्ष ?
सहयोग गइराखेको हुन्छ । नगद पुरस्कार र ट्रफीभन्दा पनि जति सदस्यहरु हुनुहुन्छ सहाराको । उहाँहरु नै नेपालमा गएर फिजिकल्ली सहयोग गर्नु नै ठूलो कुरा हो । हामीले सहारा यूकेबाट गर्ने सानो सहयोग हो । सहारा पोखराले अहिले १८ औं संस्करणको आहा रारा गोल्डकप गर्दै छ । सहारा क्लबले सपोर्टहरु नेपालमै पाइरहेको छ । मेन स्पोन्सर नै आहा रारा चाउचाउ हो । त्यस्ता थुप्रै प्रायोजक सहारा क्लब पोखराले लिइराखेको छ ।

स्पोन्सर पाउनका लागि पनि जेनुन कुरा हुनुपर्छ । जुन प्रतियोगिता गर्नका लागि सहारा पोखरा तीन/चार महिनादेखि नै तयारीमा लाग्नुहुन्छ । त्यो गोल्डकपबाट फाइदा रकम कहाँ जान्छ भन्ने सबै नेपालीलाई थाहा भएकोले स्पोन्सर पाइरहनु भएको देख्छु । गोल्डकपबाट बचत रकम सहारा एकेडेमीमा रहेका २४ जना बालबालिकालाई जान्छ । उनीहरुको लजिङ, फुडिङ, शिक्षा, स्वास्थ्य लगायतमा जाने भएकोले यो टुर्नामेन्ट किन भन्ने सबैले बुझिसक्नुभएको छ ।

यसपटक सहारा यूकेबाट को को सहभागी हुँदै हुनुहुन्छ ?
म फस्ट मार्चमा जाँदैछु । उपाध्यक्ष गइसक्नुभयो । महासचिव धनु थकाली नेपालमै हुनुहुन्छ । उहाँ नेपालमा हुनुभएर एकदमै सजिलो भइराखेको छ । अरु सल्लाहकार, सदस्यहरु थुप्रै जाँदै हुनुहुन्छ । कार्यसमितिकाहरु प्रायः सबै नै जान्छन् । गत वर्ष जति नभए पनि २० जनाभन्दा कम हुँदैन ।

यो गोल्डकपका लागि बेलायतवासी नेपालीबाट यहाँले के अपेक्षा गर्नुभएको छ ?

यही टुर्नामेन्टको सहयोगार्थ सहारा यूकेले वार्षिक च्यारिटी कार्यक्रम गर्छ । त्यहाँबाट उठेको रकम खर्च कटाएर सबै सहारा क्लब पोखरालाई दिने हो । त्यहाँ दिनु भनेको सहारा एकेडेमीमा रहेका नानीहरुलाई दिनु हो । सहारामा अहिले २४ जना नानीहरुको खाना, शिक्षा, स्वास्थ्यका लागि दिने हो । सहारा यूकेले वार्षिक च्यारिटीबाट धेरै फन्ड रेइज गरिसकेको अवस्था छ । त्यो फन्ड १८ औं आहा रारा गोल्डकपमा दिँदैछौं ।

थप्न चाहन्छु, सहारा पोखराको अक्षय कोषको लागि गएको अक्टोबर २०१९ मा उपाध्यक्ष ले.रि. कुसाङ गुरुङ र म आफैंले दौडमा सहभागी भयौं । त्यसबाट पनि ५ लाख रुपैयाँ थप भएको छ । सहाराको च्यारिटी र दौडका लागि यूकेवासी दाजुभाइ, दिदीबहिनीले मद्दत दिनुभयो । त्यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु । च्यारिटी र दौडबाट संकलन भएको र केही कार्यकारी समितिले जम्मा गरेकोसहित झन्डै १४ लाख रुपैयाँ सहारा यूकेको तर्फबाट आहा रारा गोल्डकपको फाइनल म्याचमा हस्तान्तरण गर्दैछौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!