एटा संवाददाता
अल्डरसट । फोटोग्राफर मिलन तमुको ‘रोधीं घरको आँगन’ भाग–२ कौरा गीतको भिडियो एल्बम सार्वजनिक भएको छ ।
गत शुक्रबार १८ मे बेलुकी अल्डरसटस्थित एम्पायर हलमा उक्त भिडियो एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले संयुक्त रुपमा विमोचन गरेका हुन् । नेपाली समुदाय बेलायतमा फोटोग्राफरको रुपमा आफूलाई चिनाउँदै आएका मिलन तमुको पहिलो कोसेलीको रुपमा प्रस्तुत् गीत कास्की जिल्लाको रमणीय गाउँ घाचोकमा गत महिना छायांकन गरिएको हो ।
सो कार्यक्रममा गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले सो गीतको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा ७ मिनेट लामो भिडियो समेत प्रस्तुत् गरिएको थियो ।
कार्यक्रममा सो गीतको भिडियो छायांकनस्थलमा पुगेका तमुधिं युकेका अध्यक्ष ज्ञाम तथा प्रेमा गुरुङ, निवर्तमान अध्यक्ष सुर्जे (रामचन्द्र), सल्लाहकार एकेन्द्र गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ तथा सीता गुरुङ, गोर्खा किचनका भिम गुरुङ, तमुधिं युकेका सल्लाहकार जुमकाजी गुरुङ, सदस्य श्रीप्रसाद गुरुङ र सहकोषाध्यक्ष कुमार गुरुङ समेतको विशेष उपस्थिति रहेको थियो ।
गीतकार एवं पूर्व प्रअ एकेन्द्र गुरुङले कम्प्युटरको माउस क्लीक गरी सोही दिनदेखि युटुबमा समेत सो भिडियो सार्वजनिक गरिएको कार्यक्रममा तमुधिं युकेका उपाध्यक्ष नन्दजङ्ग, एनआरएनए युकेकी उपाध्यक्ष पुनम गुरुङ, तमु प्ये ल्हु संघ युकेका पूर्व अध्यक्ष सोम त्होर्जे तमु, ईन्द्र गुरुङ, समाजसेवी नन्दकुमारी गुरुङ, पिपल मोर्गेजका सूर्यप्रकाश गुरुङ, तर्कजङ्ग गुरुङ, गणेश गुरुङ, एबी गुरुङ, पत्रकार बाचस्पति रेग्मी, एम्पायर हलका प्रबन्ध निर्देशक पुरन गिरी, सहारा युकेका अध्यक्ष मिन गुरुङ र उपाध्यक्ष कुमार गुरुङलगायत सहारा युके परिवारको समेत विशेष उपस्थिति रहेको थियो ।
माउसटेल वेभ सर्भिसेसका मान गुरुङको प्राविधिक सहयोग र गोर्खा इन्फरमेशन म्यानेजमेन्टका पूर्ण गुरुङले सञ्चालन गरेको कार्यक्रममा गीतकार एवं फोटोग्राफर मिलन तमुले गीतको छायांकनमा सहयोग गर्ने विभिन्न महानुभावहरुलाई धन्यवाद दिँदै मायाको चिनो स्वरुप सम्मान पत्र प्रदान गरेका थिए






