साउदी अरबमा देशभरि कर्फ्यूको घोषणा

SHARE:

रियाद । साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।

साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कर्फ्यू आदेशको घोषणा गर्न भएको जनाइएको छ । उनले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्यूको घोषणा गर्न परेको स्पष्ट पारेका छन् ।

साउदी राजा सल्मानले जनहितका लागि कफ्र्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गर्न भएको छ । राजाको तर्फबाट राजदरवारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कफ्र्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!