काठमाडौं । तमु धिं नेपालको समन्वयमा सञ्चालित भोटेकोशी बाढी प्रभावित राहत कोष संकलन अभियानअन्तर्गत संकलित ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा सोमबार हस्तान्तरण गरिएको छ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा रहेको टोलीले गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी गृहमन्त्री सुधन गुरुङलाई उक्त रकम हस्तान्तरण गरेको हो। राहत कोषका लागि करिब ७९ वटा समाज तथा विभिन्न समुदायले सहयोग गरेको तमु धीं नेपालले जनाएको छ ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न समाज तथा समुदायले खुलेर सहयोग गरेको अध्यक्ष गुरुङले बताए । कसले कति दिए ? नामावली तल दिइएको छ ।









