नेपालका गृहमन्त्री सुधन गुरुङसँग तमु धीं यूकेको टोलीबीच भेट

SHARE:

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि राहत रकम हस्तान्तरण र राहत वितरणका लागि सोमबार नेपाल पुगेको तमु धीं यूकेको टोलीले नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेट गरेको छ ।

तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोलीले साँझ गृहमन्त्री गुरुङलाई भेटेको हो । गृहमन्त्री गुरुङलाई अध्यक्ष जुमकाजी गुरुङ ज्ञापनपत्र समेत बुझाए ।

तस्बिर : डण्ड गुरुङ

गृहमन्त्रीसँगको भेटमा अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ तथा आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ उपस्थित थिए ।

साथै कास्की ३ बाट निर्वाचित प्रतिनिधिसभाकी रास्वपा सांसद बिना गुरुङ, व्यवसायी विजय गुरुङलगायत थिए ।

तमु धीं यूकेको टोली १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँ संकलित राहत रकम हस्तान्तरण तथा वितरणका लागि सोमबार नेपाल आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका पूर्वअध्यक्ष डण्ड गुरुङ, पत्रकार एवं गुरुङ साहित्यिक मञ्च नेपालका उपाध्यक्ष आश गुरुङ तथा आफन्तलगायतले स्वागत गरेका थिए।

तमु धीं युकेले संकलन गरेको रकममध्ये १ करोड ११ लाख १११ रुपैयाँ नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने बाँकी २० लाख रुपैयाँ प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्र रसुवामा पुगेर वितरण गरिने जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!