दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव

SHARE:

रोशनी गुरुङ
पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल जिफानको आयोजनामा यहि जेठ ४ र ५ गते तनहुँको दमौलीमा दोस्रो तमु चलचित्र महोत्सव सम्पन्न भएको छ ।

तमु भाषा र संस्कृतिमा आधारित भई निर्माण गरिएका तथा जिफानमा दर्ता भई छनोटमा परेका चलचित्रहरु महोत्सवमा प्रदर्शन गरिएको थियो । महोत्सवमा पहिलो दिन जसु गुरुङद्वारा निर्देशन गरिएको चलचित्र कर्म क्याँ (कर्मको बाटो) प्रदर्शन गरिएको थियो भने दोस्रो दिन जेठ ५ गते भोजबहादुर गुरुङद्वारा निर्देशन गरिएको चलचित्र मौंरिमो (सम्झी रहेछु), गुञ्जबहादुर गुरुङद्वारा निर्देशन गरिएको चलचित्र समीङ्ही (श्रीमान्÷श्रीमती) र खुसबहादुर गुरुङद्वारा निर्देशित चलचित्र ङै माया क्योंलाइ (मेरो माया तिमीलाई) गरी महोत्सव अवधिभर चार चलचित्र प्रदर्शन भएको जिफानका केन्द्रीय अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए ।

यसअघि महोत्सवको उद्घाटन गर्दै प्रदेश न ४ का आर्थिक योजना तथा मामिलामन्त्री किरण गुरुङले अब प्रदेश नं ४ भित्र निर्माण गरिने सबै चलचित्र यही प्रदेशमै दर्ता गर्ने व्यवस्था मिलाउने बताए । साथै उनले प्रदेशस्तरीय कला साहित्य र संगीत एकेडेमी स्थापना गरिने बताए । गुरुङ चलचित्रकर्मीहरुले आउने दिनमा गुणस्तरीय चलचित्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।

यस्तै प्रदेश न ४ का सांसद मनबहादुर गुरुङले तमु चलचित्रमार्फत सबै तमुहरुलाई एकताको सुत्रमा बाँध्ने काम गर्दै सबैको मनभित्र बस्न सफल भएको भन्दै सम्पूर्ण तमु चलचित्रकर्मीहरुलाई धन्यवाद दिए । साथै उनले आगामी दिनमा चलचित्रसम्बन्धी नीति नियम बनाउन आफूले प्रदेशसभामा पहल गर्ने आश्वासन दिए । कार्यक्रममा तमु ह्युल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद्) तनहुँका अध्यक्ष खेमराज गुरुङले चलचित्रको माध्यमबाट लोपोन्मुख अवस्थामा रहेको भाषा संस्कार र संस्कृतिलाई संरक्षण गर्न पहल गर्नुपर्ने बताए । यस्तै जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले प्रदेश नं ४ को बजेटमा कला, साहित्य र संगीतको लागि विशेष बजेट छुट्याउनुपर्ने बताए ।
महोत्सव उद्घाटनपूर्व निकालिएको ¥यालीले दमौलीको विभिन्न भाग परिक्रमा गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!