मेरो अल्डरसट –एकेन्द्र गुरुङ

SHARE:

एकेन्द्र गुरुङ

आर्मीको शहर
भनेर चिनिने
अल्डरसटले
आफ्नो
परिचयमा
युकेको नेपालीहरुको घना बस्ती

बेलायतको लागि
आफ्ना
रगत र पसिना बगाएको
बीर गोर्खाहरुको
बस्ती पनि थपेको छ
बुद्ध मन्त्र लेखिएका लुँदाहरु
नेपाल, बेलायत र बुद्धको झन्डाहरु
फरफराई रहने
बुद्ध गुम्बा परिसरमा
बुद्धको बिशाल मूर्ति परिक्रमा गर्ने
ओम मने पेमे हुँ भन्दै
मने घुमाईरहने
गुम्बा भित्र बजिरहने
घेर्लुङ्गको आवाज

जगतको रक्षक
आराध्यदेव महादेवको
बेलायतको पशुपतिनाथको
पवित्र मन्दिरमा
गुञ्जिरहने
शंका र घण्टीको
आवाजको प्रतिध्वनिले
अल्डरसटलाई
शान्ति र तपोभुमि
पनि
बनाएको छ
विशुद्ध नेपालीपनको
नेपाली दोकानहरु
रेष्टुरेण्टहरु
दिनहुँ नेपालीहरुको
सभा, समारोह र भेला भैरहने
उत्सव र चाडपर्व मनाईरहने
सधैं
रमाइलो भैरहने
एम्पायर हल, भेटघाट र प्लालेसको भवनहरुले
बनाएको
अल्डरसटको नयाँ परिचय
मिनि नेपाल
प्रथम भि.सि.पदक विजेता
कुलवीर थापाको
शालिकले
बीर गोर्खाको गाथालाई
थप उचाई थपेको
अल्डरसटको
बीर योद्धाहरु
जो
शहर भरि हुलका हुल भेटिरहन्थे
तर
अहिले
कोही पनि भेटिदैनन्
कोराना भाइरसको कहरमा
सबै घरैमा थुनिएका छन्
घर भित्र थुनिएर रहनु पर्दा
‘आयो बीर गोर्खाली’ भनेर
शत्रुलाई
खुकुरीले छप्काएको
आप्mनो बीरताको कथा संझिरहे होलान
नेपालको आफ्नो घर आँगनलाई सम्झिरहे होलान्
हिमाललाई संझिरहे होलान
माटोलाई संझिरहे होलान्
जिवनको अंतिम घडीमा
एक थोपा पानी दिने
नेपालमै रहेको सन्तानलाई संझे होलान
बाहिर कोहि निस्कदैन
यहाँको जनजिवन सुनशान छ
मेरो अल्डरसट
लकडाउन छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!