“मानसिक तनावबाट बचौं” मनोक्रान्ति प्रर्वतकः नगेन्द्र राज नेम्बाङ्ग

SHARE:


मनोक्रान्ति प्रर्वतकः नगेन्द्र राज नेम्बाङ्ग

विश्वभर फैलिएको महामारी रोकथामका लागि अपनाइएको लकडाउनमा रहँदा कसैलाई अनिद्रा र भोक हराएको त छैनौं । हाम्रो शरीरलाई नभई हुने आहार विहार र आराम हुन् । भोक लागीरहनु पर्छ । भोक हराएर अरुची महसुस हुन थालेमा शारीरिक र मानसिक रुपमा शरीर कमजोर हुदै जान्छ । शरीर कमजोर भएपछि रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुदै जान्छ र बिरामी भइन्छ । विहार भन्नाले व्यायाम बुझिन्छ । शरीरलाई व्यायाम गरिएन भने यहाँबाट शुरु हुन्छ अनिन्द्राको समस्या, त्रास, आलस्य । यी समस्याले डिप्रेशन सम्म निम्त्याउँछ । त्यसैले अनिन्द्राबाट बच्नका लागि गर्नुपर्ने केही उपायहरु चर्चा गरौं ।
तपाईलाई अनिन्द्राको समस्या छ भने केही चिन्ता गर्नुपर्ने छैन । तपाई मात्र हैन प्राय सबै मान्छेले अनिन्द्राको समस्या भोगिरहेको हुन्छ । यो समय नै महामारीको कारण यस्तो भएको हो । महामारीले डर, त्रास, चिन्ता उब्जाउँछ । जसको कारण अनिन्द्राको समस्या उब्जन्छ । शारीरिक व्यायाम र परिश्रमको अभावले अनिन्द्रा निम्त्याउँछ ।
योग, ध्यान, प्रणायाम गर्नुका साथै खानपिनमा सुधार गरि अनिन्द्राको समस्याबाट बच्न सकिन्छ । दैनिक भोजनमा भिटामिन ‘बी’ का श्रोतहरु जौ, गहुँ, नफलेको चामल, माछा, मासु, हरियो सागसब्जी, काँचो सलाद मौसम अनुसारको ताजा फलपूmल सेवन गर्नुपर्दछ ।
बेलुकी कोक, फेन्टा, रेडबुल, चिया, कफि, इजर्नी वाला पेय पदार्थ लिनु राम्रो मानिदैन । बेलुकीको खाना अलिक कम र चाँडै लिने गर्नुपर्दछ । कम्प्युटर र मोबाईल फोन कम प्रयोग गर्ने । सुत्नु अगाडि तातो पानीमा वाथ टप लिने, पैतलामा तेल मालिस गर्ने । दिनमा सामाजिक दुरीलाई कायम गर्दै १–२ घण्टा हिड्न जाने, दिनमा सुत्ने बानी नगर्ने, सुत्ने बेलामा किताब पढ्नाले पनि निन्द्रा आउने गर्दछ । ध्यान गर्ने, १०० अंकबाट उल्टो गन्दै एकसम्म अंक गन्ने । मनलाई सूचना दिने १०० देखि १ सम्म अंक गन्दा मलाई जसरी पनि निद्रा लाग्नु पर्दछ । मनमनै सूचना दिइरहने । आपूmलाई मन पर्ने गीतसंगीत, बाँसुरीका धुन, मधुर सानो आवाजमा सुन्नाले पनि निद्रा आउनमा मद्दत गर्दछ । कोठा सकेसम्म अध्याँरो हुनु पर्दछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!