
नगेन्द्र नेम्बाङ, मनोक्रान्ति प्रवर्तक बेलायत
कोरोना भाइरस जस्तो महामारी रोगबाट विश्वभर त्रास भइरहेको अवस्थामा यस रोगबाट कसरी बच्न सकिन्छ ? यसलाई लाग्न नदिन के के गर्नुपर्छ ? भन्ने बारे हामी सबैलाई कौतुहल हुनु स्वभाविकै हो । यस महामारीका कारण हामी मानव जाति चार समूहमा विभाजित भएका छौं । संक्रमित नभएका, संक्रमित भएर घरमै बसेका, अस्पतालमा उपचार भैरहेका र उपचार कार्यमा खटिएका डाक्टर तथा नर्सको समूह । हामी चार समूहमा विभाजित भएता पनि मानसिक उथुलपुथल भने सबैको एउटै स्थानमा छ । संक्रमित नभएका व्यक्तिहरु पनन आनन्दले जीवन बिताइ रहेका देखिदैन । जताततै चिन्ता र तनाव फैलिरहेको छ । यस महामारीबाट बच्नका लागि सबभन्दा पहिले आपूm सुरक्षित रहन र महामारीलाई फैलिन नदिनका लागि अपनाइर्एको लकडाउनको नियमलाई पूर्ण रुपमा पालना गरौं, आत्मबल बढाऔं, सकारात्मक सोच गर्ने बानी गरौं, साथसाथै रोग प्रतिरोधात्मक प्रणालीलाई मजबुत बनाऔं ।
हामीलाई २४ घण्टा कुनै न कुनै किसिमका भाइरसले आक्रमण गरिनैरहेको हुन्छ । मनोविज्ञहरुको भनाई अनुसार हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मनक क्षमता बलियो भएमा बाहिरबाट आएका भाइरस निष्कृय भइदिन्छ । यदि हाम्रो रोग प्रतिरोधात्मक प्रणाली कमजोर भइ दियो भने हामी तुरुन्तै बिरामी भइन्छ, भनेपछि रोग प्रतिरोधात्मक क्षमता बलियो बनाई राख्नका लागि हामीले अपनाउनु पर्ने विधिहरुका बारे चर्चा गरौं । सर्बप्रथम त हामले दैनिक सेवन गरिहेको भोजन संग हाम्रो रोग प्रतिरोधात्मक सम्बन्ध रहेकोले बिहानीको शुरुवातमा १ गिलास पानीमा १ चम्चा मह र एउटा कागतीको रस घोली पिउनु राम्रो मानिन्छ । भिटामिन सी प्राप्तका लागि फुलपूmल, कागती, सुन्तला, अंगुर, अमला, मौसमी खानु लाभदायक मानिन्छ । हरियो सागसब्जी र सलादमा गाँजर, काँचो लसुन, काँचो प्याज अनिबार्य सेवन गर्नुपर्दछ । वोसोयुक्त खानाहरु, चिल्लो तेलमा तारेको भुटेको खानाहरु कम खानु पर्दछ । साँझ बिहान स्वच्छ हावामा हिडडुल गर्नुपर्दछ । दिल खोलेर मज्जाले हाँस्नले पनि रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने गर्दछ । मानसिक तनाव कम गरी शान्त र आनन्दित रहनु पर्दछ । अनिन्द्रा र अरुचीले पनि रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने हुँदा कम्तिमा दैनिक ७–८ घण्टा सुत्नु पर्दछ । यी माथि उल्लेखित नियम तथा खानपान सेवन गरि प्राकृतिक जीवनशैली अपनाएर कोरोना भाइरससंग लड्न सकिन्छ । आपूm पनि बाँचौं, अरुलाई पनि बचाऔं ।






