मेरो छिमेकी मित्र

SHARE:

मेरो छिमेकी मित्र

-जयराम तामाङ्ग

छिमेकीको जग्गा मिचेर रोटी र बेटीको रिस्ता जोड्न खोज्ने मेरो मित्र
बम र बन्दूकको दम्भले उर्लेकोछ छिमेकीको अहँकारको मष्तिस्क भित्र
एउटा कोभिड् उन्नाईसलाई तह लगाउन नसकेर रोएको मित्रलाई देख्दा
भित्र आत्मा देखि नै टीठ लागेर आउँछ अनि भन्न मन लाग्छ बिचरा मित्र ।

एउटा थाल थापेर भीख मागेको भए गरीखाउ भनेर पूर्खाले दिन्थे होलान
एकाइसौं शताब्दीमा पनि कहाँ छिमेकिको साँध चोरेर लान पाईन्छ मित्र ।

सँसारको मै हूँ भन्ने बादशाह सँग लड्दा पनि नडराउने वीर गोर्खालीहरु
साछी छ ईतिहास साछी छ सँसार अनि पूर्खाले बनाएको नेपालको मानचित्र ।

छिमेकी त हाम्रो अर्काे पनि छ तर उ सीधाछ अनि चुपो लागेर बसेकोछ
सानो र निर्बललाई देखे पछि काँच्चै खाना खोज्ने कस्तो स्वार्थी निर्दयी मित्र ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!