साहित्यकार घन थापा मगरद्वारा “फूलको मुस्कान” विमोचन पश्चात धन्यवाद ज्ञापन

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपाली समुदाय बेलायतमा समाजसेवी, सफल व्यवसायी र साहित्यकारको नामले परिचित घनबहादुर थापा मगरले आफ्नो नयाँ कृति “फूलको मुस्कान” नामक गीतसंग्रह विमोचन पश्चात नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी लगायत विमोचनमा सहभागी भएका, प्रकाशनमा महत्वपूर्ण भूमिका खेलेका साहित्यकार, साथीभाइ, ईष्टमित्र, आफन्तजन घर परिवारलाई सामाजिक संजालमार्फत धन्यवाद ज्ञापन गरेका छन् ।

यस अघि पनि गीत, कविता लगायत गरी ८ वटा कृति पाठक, दर्शक तथा श्रोताबीच ल्याईसकेका साहित्कार थापा मगरको नयाँ कृति “फूलको मुस्कान” गत १२ जुलाई आइतबारका दिन सम्पन्न नेपाली साहित्य बिकास परिषद यूकेको रजतजयन्ती ऐतिहासिक सुखद् अवसरमा परिषदका संरक्षक, वरिष्ठ साहित्यकार तथा गीतकार एवं बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले विमोचन गरेका थिए ।

कोरोना भाईरसका कारण भर्चुअल रुपमा आयोजित कार्यक्रममा आफ्नो कृति विमोचन गर्न पाएकोमा अति नै गौरव र खुशी लागेको थापाले सामाजिक संजालमार्फत जनाएका हुन् । सो अवसरमा उनले परिषदका सल्लाहकार, सम्पूर्ण पदाधिकारी, विशिष्ट अतिथि तथा सहभागी कवि, कवियत्री, आफ्नी धर्मपत्नी, भाइहरू साथै परिवार, सबै शुभचिन्तक आफन्तजन, साथीहरू र आयोजक टीम सबैलाई रजत उत्सवको हार्दिक शुभकामना समेत दिएका छन् ।

उनको “फूलको मुस्कान” गीतसंग्रहमा ११४ वोटा गीतहरू समावेश रहेका छन् । जसमा २ वटा मगर भाषामा छन् । सो संग्रहमा माया प्रेमका संयोगान्त र वियोगान्त, जीवनका सुख र दुःख, प्रकृतिप्रतिको प्रेम, समाजका तमाम विसंगति, वैदेशिक जीवन भोगाईका पीड़ा, कलासंस्कृतिप्रतिको माया, देश र जन्मभूमि प्रतिको अगाध प्रेम जस्ता विषयका गीतहरू रहेको जनाईएको छ । उनले “‘यो फूलको मुस्कान’ मेरो धर्म पत्नी कृष्णा थापा मगरको मुस्कान जस्तै हो, यो फूलको मुस्कान, हाँसो मेरो बाबा आमाको प्रेरणाले मुस्कुराएको हो’ भनेका छन् ।

साथै, उनले उक्त गीत संग्रह संयोजन गर्न बिशेष भूमिका खेलेका आफ्ना प्रिय मित्र वरिष्ठ गीतकार भावेश भूमरी, सधैं साथ दिइरहने आफ्नी धर्मपत्नी कृष्णा थापा मगर र गीतसंग्रह प्रकाशन र बिमोचन गर्न जूम माध्यमद्वारा समय जुटाई उपलब्ध गराईदिएका नेपाली साहित्य परिषद यूकेप्रति हार्दिक आभार प्रकट गरेका छन् । साथै, उनले परिषदका संस्थापक सुरेशजंग शाह, अध्यक्ष कोमल मल्ललगायत सम्पूर्ण आयोजक टीमलाई हार्दिक धन्यबाद ज्ञापन गरेका छन् ।

तस्बीरः मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!