

लन्डन २ भदौ । फार्नबोरोमा मनोक्रान्ति योग च्यारिटी क्लब स्थापना गरिएको छ ।
मनोक्रान्ति बेलायतका प्रवर्द्धक नगेन्द्रराज नेम्वाङको अध्यक्षतामा मनोक्रान्ति योग च्यारिटी क्लब स्थापना गरिएको हो । फार्नबोरोस्थित मगर एसोसिएसन हाम्प्साएर शाखा यूकेकी अध्यक्ष हेमा रानाको आतिथ्यतामा ‘योग गरौं स्वास्थ्य जोगौं बाचौं र बचाउ अभियान’ सहित क्लब स्थापना योगा मास्टर नेम्वाङले जानकारी दिए ।
उनका अनुसार न्युनतम शुल्क लिएर योग अभ्यास सन्चालन गर्ने आफूहरुको उद्देश्य रहेको बताए । योग अभ्यासमा सहभागीबाट संकलित रकम नेपालमा रहेका असक्त, अपाङ्गता भएकाहरु, सुस्त श्रवण भएकाहरुलाई सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष नेम्वाङले जानकारी दिए ।
योग अभियान गठन गरिएको क्लबको उपाध्यक्षमा धनकुमार नेम्वाङ, सचिव भगिस्वर चोङ्बाङ फागो साथै कोषाध्यक्षमा नरेन्द्र तुम्बापो चयन भएका छन् ।







