चिकित्सक भन्छन्- ‘युवाले दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ’

SHARE:

काठमाडौं ४ भदौ । मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उहाँहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिए । घर बाहिर निस्कने युवाले नियमित औषधी खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उनको भनाइ छ । अहिले नेपालमा सङ्क्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताए ।

विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधीलाई निरन्तरता दिन पनि डा भट्टराईले अनुरोध गरे । अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उनको सल्लाह छ ।

अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पिसिआर परीक्षण गर्ने गरेको डा भट्टराईले बताए । उनका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उनले अनुभव सुनाए ।

उनले कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिए । नुन र चिनिको मात्रा कम गरेर हरियो तरकारी र सागसब्जीको मात्राम बढाउनुपर्नै उनको सल्लाह छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!