काठमाडौं उपत्यकामा ३०१ सहित नेपालभर थप ८८५ कोरोना संक्रमित, २४ घन्टामा ११ को मृत्यु

SHARE:

काठमाडौं १० भदौ । काठमाडौँ उपत्यकामा ३०१ सहित नेपालमा देशभरमा ८८५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेको बताए । योसँगै देशभरमा अहिलेसम्म संक्रमितको सङ्ख्या ३४ हजार ४१८ पुगेको छ । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरका १८ रहेको उनले बताए ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १३ हजार २५३ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ३५ हजार २५२ नमूना परीक्षण भइसकेको छ ।

२४ घण्टामा ३८५ जना निको
देशभरमा गरी पछिल्लो २४ घण्टामा ३८५ जना निको भएर घर फर्किएका छन् । हालसम्म घर फर्कनेको सङ्ख्या १९ हजार ५०४ रहेको छ । यो जम्मा संक्रमितमध्ये ६६ दशमलव छ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या नौ हजार ८३२ रहेको छ । देशभर जम्मा १४ हजार ७३९ सक्रिय संक्रमितमध्ये आठ हजार ७११ संस्थागत आइसोलेसन र छ हजार २८ होम आइसोलेसनमा रहेका छन् ।

देशभरमा गरी १५१ संक्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा १६, प्रदेश २ मा ४४, बाग्मती प्रदेशमा ७१, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना आइसियूमा रहेका छन् । प्रदेश १ मा एक जना र बाग्मती प्रदेशमा १३ गरी १४ संक्रमित भेन्टिलेटरमा रहेका छन् ।

थप ११ को मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप ११ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १७५ पुगेको छ । पछिल्लो बिवरणअनुसार, मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् । मृत्यु हुनेमा मोरङ र भक्तपुरका एकएक महिला छन् । पछिल्लो २४ घण्टामा मृत्यु भएका पुरुषमा महोत्तरीका तीन कैलालीका दुई, बाराका दुई, बाँके र काठमाडौँका एक पुरुष छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!