ब्रेन ट्युमरपीडितको शल्यक्रियाका लागि आर्थिक अभाव

SHARE:

काठमाडौं ११ भदौ । बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत भोजपुरको हतुवागढी गाउँपालिका–४ की ४१ वर्षीया शशीकला राईलाई ‘ब्रेन ट्युमर’ शल्यक्रियाका लागि परिवारले आर्थिक सहयोगको आह्वान गरेको छ । उनलाई शल्यक्रियाका लागि ७/८ लाख रुपैयाँ जम्मा गर्न अस्पतालले भनेको छ । तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आफैंले रकम जुटाउन नसक्ने भएपछि परिवारले आर्थिक सहयोगको आह्वान गरेको हो ।

कोभिड–१९ को विषम परिस्थितिमा राईको पति र छोरासमेत बिरामी भएर गाउँमा छन् । ‘आमाको उपचार गर्न अस्पतालले ७/८ लाख जम्मा गर्नु भनेको छ, हामीसँग त्यत्रो खर्च जुटाउने स्थिति छैन, आमाको ज्यान बचाउनका लागि सहयोगी हातहरुको अपेक्षामा छौं,’ बिरामी कुरुवाको रुपमा आएकी छोरी एलिसा राईले भनिन् ।

किरात राई विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले केन्द्रीय सचिव प्रविणा राईको नेतृत्वमा ‘शशीकला राई उपचार सहयोग अभियान’ सञ्चालन गरी सहयोग संकलनमा सहयोग गरिरहेको छ । आर्थिक पारदर्शिताका लागि अभियानमा सचिव प्रविणा राईको नाममा रहेको सिद्धार्थ बैंक (Siddhartha Bank) गोगंबु शाखा (Gongabu Branch) खाता नं. ०१६१५०७२४६५ मा सहयोग रकम जम्मा गरL उपचाररत राईको जीवन रक्षा गरिदिन परिवार र किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिले हार्दिक अपिल गरेको छ ।

राईलाई साउन १८ गते आँखाको समस्या भएकोले तिलगंगा अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले सिटिस्क्यान गर्न भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरेको थियो । भक्तपुरमा सिटिस्क्यान गर्दा ब्रेन ट्युमर भएको चिकित्सकले पत्ता लगाएपछि शल्यक्रिया गराउनुपर्ने भयो । तर भक्तपुरमा हप्तादिन कुर्दासम्म शल्यक्रिया गराउने बारे अस्पतालले निर्णय दिन नसकेपछि बिरामीलाई बल्खुस्थित बयोधा अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिएको छ । बयोधाले तत्कालै शल्यक्रिया गर्नुपर्ने भनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!