– सविता विष्ट
चाइनाबाट आई तिमी संसारभरि छायौ ।
भन तिमीले अहिलेसम्म कति मान्छे खायौ।।
किन आयौ तिमी भन विश्वभरि छाउन ।
परदेशीले पाको छैन आफ्नो घरमा आउन।।
तिमीले गर्दा भरी पेट खाना खान पाको छैन ।
स्कुल, भेटघाट, मन्दिरतिर जान पाको छैन।।
आफन्तलाई भेट्दा पनि डर मान्नु पर्ने।
कस्तो होला छुँदा पनि कोरोना रैछ सर्ने।।
सँगै साथमा भाको भए खुसी हुने थियौ।
ए कोरोना तिमीले यस्तो के-के गरिदियौं।।
बिरामी छन् धेरै जना धेरै मान्छे मरे।
संसारको सबै मान्छे लकडाउनमा परे।।
कुन दिनमा आयौ तिमी के भैदियो अहिले ।
भन अब संसारबाट जान्छौ तिमी कहिले ।।
पञ्चकन्या गाउँपालिका ३, घलेगाउँ नुवाकोट






