गणेशजीको टाउको अर्थात् Art of Thinking

SHARE:

If you want to be happy, set a goal that commands your thought, liberates your energy and inspires your hopes .
– Andrew Carnegie
गरिब परिवारमा हुर्केका एक बालकलाई खरायो पाल्ने खुब सोख थियो । एक दिन खरायोले थुप्रै बच्चा जन्मायो । अब भने ती बालकलाई आपत पर्यो‍– कहाँबाट ल्याउने ती बच्चाहरुका लागि दुबो ? किन्न उनीसँग पैसा थिएन, खोज्न घरको कामले दिएन । उनले गम्भीर भई सोचे र आफ्ना साथीभाइलाई बोलाएर भने– हेर साथी हो ! तिमीहरुले दिनदिनै दुबो खोजेर ल्याइदियौ भने म तिमीहरुको नामअनुसार यी खरायोहरुको नाम राख्छु । यो प्रस्ताव सुनेर खुसी भएका साथीहरुले खरायोलाई घाँसको व्यवस्था गरिदिन थाले । उनको काम बन्यो । यसरी उनी बिना पैसा आफ्नो बुद्धिको बलमा खरायो हुर्काउन सफल भए । ती बुद्धिमान् बालक कालान्तरमा संसारकै धनी मानिस बन्न सफल भए । उनी हुन् विश्वविख्यात उद्योगपति एन्ड्रयु कार्नेगी ।

पुराणअनुसार गणेशजीका दुई श्रीमती छन्– ऋद्धि र सिद्धि । ऋद्धि भनेको भौतिक सम्पति हुन् भने सिद्धि भनेको अलौकिक शक्ति । यी दुवै कुरा जहाँ जोडिन्छन् त्यहीँबाट आध्यात्मिक यात्राको आधा बाटो सम्पन्न हुन्छ । गणेश पुराणअनुसार गणेशजीकी अर्की श्रीमती पनि छिन्– बुद्धि । सफल जीवनका लागि यी तीनै कुराले पूर्वाधारको काम गर्छन् । यहाँ गणेशजीको विशाल टाउकोलाई उनको विशाल बुद्धिको प्रतीक बुझ्नु पर्दछ । बुद्धि भनेको यथार्थलाई जस्ताको तस्तै जान्ने शक्ति पनि हो । जसरी ऋद्धि अर्थात् भौतिक सम्पति जीवनको बाह्य पक्षको लागि अनिवार्य कुरा हो त्यसैगरी बुद्धि जीवनको आन्तरिक पक्ष वा मानसिक विकासका लागि नभई नहुने कुरा हो र सिद्धि आध्यात्मिक सफलताको लागि ।
अब बुद्धिकै विस्तृत चर्चातिर लागौँ । बुद्धि प्रयोग गरी हेर्दा सम्पूर्ण समस्याको मूल कारण आफ्नै सोचाइ वा बुझाइ हुन आउँछ जुन हाम्रो लागि दुःखको कुरा हुँदैन बरु खुसीको खबर हुन्छ । सबै समस्याको मूल नै आफ्नै बुझाइ भए समस्या समाधान गर्न केही गर्नै परेन, मात्र बुझाइ परिवर्तन गरे पुग्ने भयो । बुझाइ बदल्नु आफ्नो वशको कुरा हो । त्यसैले ऊ सदा शान्तिपूर्वक बाँच्नसक्छ । अबुद्धिले गाँजेको बेला भने उसले तमाम समस्याको कारण अरूलाई नै देख्न थाल्छ तर अरूलाई बदल्ने तागत ऊसित हुँदैन । फलस्वरूप ऊ जीवनभर अशान्त भई बाँच्छ अनि पीडित भई मर्छ ।

प्रसङ्गवश यहाँ बलिउडका प्रथम सुपरस्टार राजेश खन्नालाई साक्षी राख्न सकिन्छ । उनी बलिउडमा लगातार १५ वटा सुपरहिट फिल्म दिन सफल एक मात्र कलाकार हुन् । उनी आफू असफल हुने कुनै शङ्का राख्दैनथे तर उनको सफलताको एकछत्र साम्राज्यलाई अमिताभ बच्चनले तहसनहस पारिदिए । कालान्तरमा उनी सुपर हिरोबाट सुपर जिरो बन्न पुगे र यसको दोष उनले सधैं अमिताभ बच्चनलाई दिइरहे । उनको दोषारोपणले अमिताभलाई त असफल पार्न सकेन बरु स्वयं मानसिक रूपमा पीडित हुँदै गए ।

पीडा भुल्न रक्सीमाथि रक्सी खान थाले । परिणामतः शारीरिक रूपमा समेत रोगी एवं जर्जर हुँदै अन्ततः उनको असामयिक निधन भयो । खन्ना जीवनभर गुनासो बोक्दै बाँचे र गुनासो पोख्दै मरे । जीवनको अन्त्यतिर अमिताभसमेत उपस्थित एउटा भव्य समारोहमा उनले अमिताभलाई नै कटाक्ष गर्दै आफ्नो दुखेसो बडो शानदार ढंगले पोखें–

आज मै‌ जहाँ हूँ कल कोई और था
ये भी एक दौर हैं, वह भी एक दौर था ।

राजेश खन्नाभन्दा पहिलेका नम्बर वान हिरो थिए राजेन्द्र कुमार । खन्नाको उदयपछि राजेन्द्र कुमार ओझेलमा पर्दै गए । अतः जसरी उनको स्थान अमिताभले खोसे, त्यसैगरी कुनै बेला उनले पनि राजेन्द्र कुमारको स्थान खोसेका थिए । क्रमशः

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!