नेपालमा २४ घन्टामा ११ सय २० जनामा कोरोना सङ्क्रमण, थप १२ को मृत्यु

SHARE:

काठमाडौं १७ भदौ । विगत २४ घण्टामा एक हजार १२० जनामा कोरोना भाइरसको नयाँ सङ्क्रमण देखिएको छ । बुधबार देखिएका सङ्क्रमितको सङ्ख्याको तुलनामा निको भएकाभन्दा आठ जनाले बढी छ । बुधबार एक हजार ११२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३२० महिला र ८०० जना पुरुषमा नयाँ सङ्क्रमण देखिएको जानकारी दिए । अहिलेसम्म नेपालमा ४१ हजार ६४९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ । मङ्गलबार एक हजार ६९ जना सङ्क्रमित भएका थिए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा एक हजार ११२ जना निको भएर घर फर्किएको जानकारी दिए । अहिलेसम्म २३ हजार २९० जना निको भएर घर फर्किएका छन् । निको ५६ प्रतिशत हो ।

उपत्यकामा ३८८ जना सङ्क्रमित देखिएका छन् । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार काठमाडौँमा ३५०, भक्तपुरमा नौ र ललितपुरमा २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

१२ को निधन
कोरोना भाइरसको कारणले एकै दिन १२ जनाको बुधबार निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ६ महिला र ६ पुरुषको सङ्क्रमणको कारणले निधन भएको जानकारी दिए ।

मङ्गलबार ११ जना सङ्क्रमणबाट निधन भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!