नेपालभर थपिए १ हजार २२८ कोरोना सङ्क्रमित, २४ घन्टामा ९१७ डिस्चार्ज

SHARE:

काठमाडौं १८ भदौ । पछिल्लो २४ घण्टामा नेपालभर एक हजार २२८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ८७७ पुगेको छ । बिहीबार १३ हजार ४१३ पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमण मुक्त भइ घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्केनेको सङ्ख्या २४ हजार २०७ पुगेको छ । मुलुकभर हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४१३ रहेको मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

गत २४ घण्टामा मुलुकभर कोरोनाका कारण छ जनाको निधन भएको उनले बताए । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २५७ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!