जनताको भरोसालाई तल-माथि पर्न दिन्नौं: प्रधानमन्त्री

SHARE:

प्रधानमन्त्री केपी ओलीले सरकारले जनताको भरोसालाई तल-माथि पर्न नदिने बताएका छन् ।

‘ जनताको लागि यो सरकार अन्तिम आशा हो’ । जनताको आशालाई तल-माथि पर्न दिइँदैनु बुधबार नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशन उद्घाटनपछि उनले भने, हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला , त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।

बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको प्रधानमन्त्री ओलीको टिप्पणी थियो । असाधारण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौ उनले भने, ती बच्चाहरु फेल होइन सरकार, शिक्षक, विद्यालय, पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।

बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
उनले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको पनि बताए । नतिजा सुधार्न कक्षा कोठामा प्रविधि प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरे । पढाउन नजान्ने शिक्षक राखेर हुँदैनु उनले भने, सबै शिक्षकहरुले आफूले पढाउने विषयमा दक्षता हासिल गर्नुहोस् । विषयवस्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ? उनले शैक्षिक प्रमाणपत्र लिएर केही पनि नजान्ने र रोजगार पनि नपाउने अवस्था अन्त्य हुनुपर्ने बताए ।

अस्थायी शिक्षकका समस्या समाधान गर्न सरकार गम्भीर भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!