सुडानमा ३ महिनाका लागि संकटकाल घोषणा

SHARE:

सुडान २० भदौ । सुडानमा शनिबार ३ महिनाका लागि संकटकालको घोषणा गरेको छ । वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि संकटकाल घोषणा गरिएको हो ।

सुडानी गृहमन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी एक विज्ञप्तिमा भनेको छ, ‘सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको मृत्यु भएको र अन्य कैयौँ वेपत्ता बनेको अवस्थामा तीन महिनाको लागि देशव्यापी संकटकाल घोषणा गरिएको छ ।’ एक महिनाभन्दा बढी निरन्तर रूपमा भारी वर्षाका कारण आएको बाढीले दर्जनौँ व्यक्तिको मृत्यु भएको र बाढी, डुवान तथा पहिरोका कारण सयौँ घाइते भएका मन्त्रालयले जानकारी गराएको छ ।

बाढीका कारण एक लाखभन्दा बढी घर तथा टहरामा क्षति पुगेको उक्त बाढी एक दशक यताकै सबैभन्दा विनाशकारी प्राकृतिक प्रकोप भएको सरकारी समाचार संस्था, सुनाले गृहमन्त्रालयका उच्च पदस्थ अधिकारीलाई उद्धृत गरी लेखेको छ । देशको पश्चिमी क्षेत्रमा रहेको डाफर र दक्षिणी सेनार राज्य सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्येका हुन् । सामान्यतया जूनदेखि अक्टुबरसम्म सुडानमा भारी वर्षा हुन्छ जसका कारण देशभरि ठूलो बाढी आउने गर्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!